समाचार

भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्ने छ : प्रधानमन्त्री

काठमाडौं गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउदै उनले भ्रष्टाचार बेथितिका विरुद्धमा सरकारले कडा कदम चालेको बताएका हुन्

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारीचालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको दाबी गरेका थिए