समाचार

पार्टीका उपाध्यक्षको नाम सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्छ: माओवादी नेताहरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् । केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषी देखिए कारबाही गर्न माग गरेका हुन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टी भित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रबाट सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।