समाचार

प्रतिनिधि सभा बैठक बुधबार बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । मंगलबार  दिँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै सारिएको हो । संसद् सचिवालयले दिएको जानकारीअनुसार बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिनिधिसभा बैठक साउन १० गतेबाट निरन्तर अवरोध हुँदै आएको छ ।