समाचार

राष्ट्रपतिले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई गराए सपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पद तथा गोपनियताको सपथ गराएका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मतिले समर्थन गरेको थियो । त्यसपछि सोमबार राष्ट्रपतिले ६३ वर्षीय श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।