मुम्बई । चलचित्र गदर २ का सबै स्टारका लागि मंगलबार खुसीको खबर आएको छ । रिलिजको १२ औं दिन अर्थात् दोस्रो मंगलबार, गदर २ ले घरेलु बक्स अफिसमा आफ्नो बलियो दौड जारी राखेको छ र प्रारम्भिक प्रवृत्ति अनुसार करिब ११.५० करोड रुपैयाँ सङ्कलन गरेको छ । योसँगै फिल्मको कुल नेट कलेक्सन ४००.१० करोड पुगेको छ । फिल्म गदर २ भारतीय सिनेमाको इतिहासमा यो अंक पार गर्ने दोस्रो हिन्दी फिल्म बन्न पुगेको छ ।
हिन्दीमा बनेका र रिलिज भएका फिल्म पठान र गदर २ बाहेक यस क्लबमा अन्य भाषामा बनेका दुई फिल्महरू पनि छन् जसमा बाहुबली २ र केजीएफ २ । यो सूचीमा अहिलेसम्म हिन्दी सिनेमाका दुई नायक सञ्जय दत्त र शाहरुख खान मात्र परेका छन् । हिरोइनहरूमा दीपिका पादुकोणको नाम मात्रै यस सेहराको शोभामा छ, अहिले सनी देओल, उत्कर्ष शर्मा, अमिषा पटेल र सिमरत कौर पनि यस क्लबमा प्रवेश गरेका छन् ।
अनिल शर्मा ४०० करोड क्लबमा सामेल हुने सबैभन्दा पाका निर्देशक हुन् । यसअघि, एसएस राजामौली र प्रशान्त नील आफ्नो फिल्म बाहुबली २ (तेलुगु) र केजीएफ २ (कन्नड) को हिन्दी डब संस्करणका कारण यस क्लबमा थिए । आगामी साताको लागि चलचित्र गदर २ को अग्रिम बुकिङ पनि धमाधम भईरहेको छ । चलचित्रको अग्रिम बुकिङलाई हेर्दा चलचित्रको तेस्रो साता पनि उत्कृष्ट हुने अपेक्षा गरिएको छ र तेस्रो हप्तामा पनि चलचित्रको कमाईको गति यही नै रह्यो भने यो चलचित्र हिन्दीमा सबैभन्दा धेरै कमाउने चलचित्र बन्ने अनुमान गरिएको छ ।
Add Comment