स्पोर्ट-मनोरञ्जन

भारत–नेपालबीच एतिहासिक क्रिकेट खेल शुरु

पल्लेकल । एसिया कपमा सोमबार ३ः१५ बजे नेपाल र भारतबीच समूह ‘ए’ अन्तर्गत महत्वपूर्ण खेल हुँदै छ । श्रीलंकामा हुन लागेको यस खेलको विजेता सुपर फोरमा पुग्नेछ । भारतले एक अंक बटुलेको छ । नेपाल शून्य अंकमा छ । वर्षाका कारण खेल रद्द भए भारत दुई अंकका साथ सुपर फोरमा पुग्नेछ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । उनले पहिले बलिङ गर्नुको कुनै खास कारण नरहेको बताए । पछिल्लो खेलमा भारतले पहिले ब्याटिङ गरेको थियो र यो खेलमा पहिले बलिङ गरेर बलरलाई अभ्यास गर्न चाहन्छ ।

टसअघि पल्लेकेलेमा मौसम सफा छ । यस्तो अवस्थामा पूर्ण खेल हुने सम्भावना छ । यदि भारतीय टोलीले पहिले ब्याटिङ गर्छ भने ठूलो स्कोर बनाउन सक्छ । यही मैदानमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । तर, पूरा खेल आज हुने सम्भावना छ ।
भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । भारतले टस जितेर पहिले ब्याटिङ गर्दै २६६ रन बनाएको थियो । यो खेलमा शाहिन अफ्रिदी र हरिस रउफको अगाडि भारतको शीर्ष क्रम असफल भएको थियो । भारतले ६६ रनमा चार विकेट गुमाएको थियो । यसपछि इशान किशन र हार्दिक पाण्ड्याले १३८ रनको साझेदारी गर्दै भारतलाई लडाइँमा पुर्याएका थिए । दुवै ब्याट्सम्यानले शतक बनाउन सकेनन् तर भारतलाई राम्रो स्थितिमा पुर्याएका थिए । पाकिस्तानका बलरले फेरि एकपटक प्रभावित बनेका छन् । भारतीय टोलीले पूरा ५० ओभर खेल्न सकेनका थिएनन् ।

नेपाली क्रिकेट टोलीले पहिलो खेलमा पाकिस्तानसँग लज्जास्पद हार बेहोरेको थियो । नेपालले पाकिस्तानलाई २३८ रनले पराजित गरेको छ । नेपालले सुरुमा राम्रो बलिङ गरेको र पाकिस्तानले १२४ रनमा चार विकेट गुमाएको थियो । त्यसपछि बाबर आजम र इफ्तिखार अहमदले २१४ रनको साझेदारी गर्दै पाकिस्तानलाई ठूलो स्कोरमा पुर्याए । दुवैले शतक प्रहार गरेपछि पाकिस्तानको टोली ५ विकेटमा ३ सय ४२ रन बनाउन सफल भएको थियो । जवाफमा नेपाल १०४ रनमा सिमित भएको थियो र खेलमा ठूलो अन्तरले पराजित भएको थियो ।

भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज ।

नेपालः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), भीम शार्की, सोमपाल कामी, गुल्सन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी ।