स्पोर्ट-मनोरञ्जन

एसिया कपको सुपर फोरको खेलमा पाकिस्तानलाई २२८ रनले पराजित गर्दै भारत शिर्ष स्थानमा

कोलम्बो, श्रीलंका । कोलम्बोमा सोमबार भएको एसिया कप २०२३ को सुपर म्याचमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ । जबकि कुलदीप यादवले ५ विकेट लिए । विराट कोहली र केएल राहुलले अविजित शतक बनाए । आइतबारबाट सुरु भएको खेल वर्षाका कारण रिजर्भ डेमा सारिएको थियो र अन्ततः ब्याट र बलमा भारतले उत्कृष्ट प्रदर्शन ग¥यो । सोमबार क्रिजमा कोहली र राहुलको साथमा भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बाट खेल शुरु भएको थियो । विराट कोहली र केएल राहुलले पाकिस्तानविरुद्ध ५० ओभरमा २ विकेट गुमाएर ३५७ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो ।

कोहलीले अविजित १२२ रन बनाए भने राहुलले अविजित १११ रन बनाएर भारतलाई ठूलो स्कोरमा पुर्याए । वर्षाले प्रभावित एसिया कप सुपर फोरमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ । भारतले दिएको ३५७ रनको ठूलो लक्ष्य पछ्याएको पाकिस्तानी टोली बायाँ हाते स्पिनर कुलदीप (२५ रनमा पाँच विकेट) को बलियो बलीङ्गको अगाडि ३२ ओभरमा १२८ रनमा ढलेको थियो ।
ठूलो जितपछि भारत एसिया कप २०२३ सुपर ४ को तालिकाको शीर्ष स्थानमा पुगेको छ । भारतसँग दुई अंक छ तर +४.५६० को उत्कृष्ट नेट रन रेट (एनआरआर) ले भारतलाई शीर्षमा पु¥याएको छ । अर्कोतर्फ, पाकिस्तान –१.८९२ को एनआरआरसंग तेस्रो स्थानमा झरेको छ । श्रीलंका +०.४२० को एनआरआरसंग दोस्रो स्थानमा छ भने बंगलादेश –०.७४९ को एनआरआर संग चार टोली तालिकाको पुछारमा छ ।