स्पोर्ट-मनोरञ्जन

काजिलालअवाले स्मृतिप्रथम ब्याडमिन्टन प्रतियोगिताको उपाधिविजेताहरुलाई पुरस्कार वितरण

ज्यापु समाजयलको युवातथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई आज एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीहरुलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थिति रहेको थियो ।

यहीभाद्र २० गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर महानगरका ४० वटा टोलको सहभागिता रहेको थियो । जसमा अण्डर १७ समूहमाहःखा छुसिकाका सौर्य महर्जन प्रथम, नागबहालका सुगत शाक्यद्वितीय, सप्तखेलका श्रीष प्रधान र नागबहालका सम्यक शाक्य तृतियहुन सफल भएका थिए।

यसैगरी भेट्रान्सतर्फ सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडी प्रथम भएको छ । उनिहरुको जोडीले मंगःत्वाःकाकिशोर ब्यञ्जनकार र विरेन्द्रलाल श्रेष्ठको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरेको थियो । भेट्रान्सतर्फ लुखुसिका बिलन महर्जन र सन्जय महर्जनको जोडी र त्यागलका सञ्जय महर्जन र सानुबाबु महर्जनको जोडी तृतीय स्थान हातपार्न सफलभए ।
यसैगरी मेन्स डबलमा नागबहालका ससीन डंगोल र सुमन शाक्यको जोडीले ओकुबहालका शान्त डंगोल र दिपेश शाक्यलाई हराउँदै प्रथम स्थान हातपार्न सफल भए । फाइनल खेलमा नागबहालले ओकुबहाललाई २१–१३ र २१–१४ को सोझो सेटमा हराएको थियो ।

मेन्स डबलमा पिन्छेबहालका अमनमहर्जन र दिपान महर्जन र दथुलँका राजु बज्राचार्य र सुमित महर्जनको जोडी तृतियहुन सफल भए ।
पुरस्कार वितरण कार्यक्रम युवातथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनको सभापतित्वमा भएको थियो । कार्यक्रममा ज्यापु समाजयलका अध्यक्ष तीर्थलाल महर्जन, निवर्तमान अध्यक्ष चन्द्र महर्जन, ललितपुर ९ वडाका अध्यक्ष एवम् प्रवक्ता राजु महर्जन, श्रम तथा युवासमितिका प्रमुख एवम् उपाध्यक्ष किरण महर्जनलगायतको उपस्थिति रहेको थियो ।