स्पोर्ट-मनोरञ्जन

एशिया कप २०२३ : भारत आठौं पटक बन्यो एशिया कप विजेता

कोलम्बो। भारतीय टोलीले एशिया कप २०२३ को उपाधि जितेकोमा १,५०,००० डलर (१.२४ करोड रुपैयाँ) प्राप्त गरेको छ। योसँगै प्लेयर अफ द म्याच मोहम्मद सिराज र प्लेयर अफ द टुर्नामेन्ट कुलदीप यादव पनि धनी बने । एसिया कपको फाइनलमा भारतीय टोलीले ऐतिहासिक जित हात पारेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । च्याम्पियन बनेपछि टीम इन्डिया धनी बनेको छ । भारतीय टोलीले करिब १ करोड २४ लाख रुपैयाँ पुरस्कार राशि पाएको छ । योसँगै उपविजेता श्रीलंकाले पनि करिब ६२ लाख रुपैयाँ प्राप्त गरेको छ ।

रविन्द्र जडेजाः ३००० डलर, खेलको उत्कृष्ट क्याच
मोहम्मद सिराजः ३००० डलर र ट्रफी, प्लेयर अफ द म्याच (सिराजले आफ्नो पुरस्कार ग्राउन्ड्समेनलाई दिए)
कुलदीप यादवः ४०,००० डलर, प्लेयर अफ द टुर्नामेन्ट (कुलदीपले यस प्रतियोगितामा पाकिस्तानविरुद्ध पाँच सहित कुल ९ विकेट लिए)
श्रीलंकाका ग्राउन्ड स्टाफः पिच क्युरेटर र ग्राउन्ड्समेनलाई ६.९९ मिलियन डलर रुपैयाँ) पुरस्कार
श्रीलंकाः उपविजेता टोलीलाई ७५,००० डलर ।
भारतः विजेता टोलीलाई १५०,००० (रु. १.२४ करोड)

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि बुमराहले पहिलो ओभरमा नै विकेट लिएर भारतलाई राम्रो सुरुवात गराए । श्रीलंकाको इनिङ्सको चौथो ओभरमा सिराजले चार विकेट लिएर ब्याटिङ क्रम नै ध्वस्त पारे । सिराजले आफ्नो अर्को ओभरमा पाँच विकेट पूरा गरे। हार्दिकले तीन विकेट लिए भने सिराजले अर्को सफलता हात पारे । कुसल मेन्डिसको १७ रन र दासुन हेमन्तको १३ रनको सहयोगमा श्रीलंकाको टोलीले ५० रन बनाउन सफल भयो । जवाफमा भारतले ३७ बलमा लक्ष्य पुरा गर्यो । शुभमन गिलले २७ रन बनाएर अविजित रहे भने इशान किशनले २३ रन बनाएर अविजित रहे । भारतले २६३ बल बाँकी रहँदै १० विकेटले खेल जित्यो ।