प्रधानमन्त्री दाहलको चीन भ्रमण व्यापार, सीमा विवादका विषयका साथै दश अर्ब ऋणको विषय प्रमुख 

प्रधानमन्त्री दाहलको चीन भ्रमण व्यापार, सीमा विवादका विषयका साथै दश अर्ब ऋणको विषय प्रमुख 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतपछि अब चीन भ्रमणमा जाँदैछन् । दाहालको चीन भ्रमण सेप्टेम्बर २२ बाट सुरु हुँदैछ र यस अवधिमा उनले राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने छन् । यो भ्रमणका क्रममा नेपाल र चीनबीच ८ वटा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । सञ्चारमाध्यमका अनुसार सबैभन्दा महत्वपूर्ण बिआरआईमा नेपाल र चीनबीच कुनै सम्झौता हुन सकेको छैन् यसबारे दुवै पक्षबीच छलफल हुनेछ । यस अवधिमा नेपालको लागि सेतो हात्ती बनेको नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लगभग कबाड जस्ते अवस्था बनेका छ वटा चिनियाँ यात्रुवाहक विमानको ऋणको विषयमा चिनियाँ राष्ट्रपतिसँग छलफल अवश्य पनि गर्ने छन् ।  छलफलमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी जिनपिङलाई बुझाउन सके वा विश्वासमा लिन सकेमा ऋण मिनाहका लागि अपिल पनि गर्नु पर्ने हुन्छ ।

चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा बेइजिङ जान लागेका प्रधानमन्त्री दाहालले चिनियाँ नेताहरुसँग व्यापार, ऊर्जा सहयोग, पूर्वाधार, पर्यटन र सीमा विवादका विषयमा वार्ता र विशेष गरेर सबैको नजर बीआरआई र सीमा विवादमा हुनेछ । नेपालले भारतजस्तै चीनसँग पनि अन्तरदेशीय ऊर्जा सहयोग सम्झौता गर्न चाहेको भएपनि अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन । काठमाडौं पोष्टको रिपोर्टका अनुसार दाहालले चिनियाँ राष्ट्रपतिलाई भेटमा बीआरआई आयोजना ऋणमा नभई अनुदानमा सम्पन्न गर्न आग्रह गर्नेछन् । वास्तवमा बीआरआई अन्तर्गत चीनले विश्वभरका देशहरूलाई निकै महँगो ऋण दिइरहेको छ जसका कारण श्रीलंका र पाकिस्तान जस्ता देशहरू अर्बौं डलरको चिनियाँ ऋणको दलदलमा फसेका छन् । यही कारणले गर्दा नेपालले अहिले चीनले अनुदानमार्फत बीआरआई आयोजना सम्पन्न गर्न चाहेको छ । नेपाली प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई पोखरा विमानस्थल र चीनमा बनेका ६ वटा विमान जंक (कबाड) साबित भएकालाई दिएको ऋण मिनाह गर्नु पर्ने विषयमा जोड दिनु पर्छ । तर समाचारका अनुसार नेपालको चाहनाको बाबजुद चीनले यी दुवै ऋण माफ गर्न अस्वीकार गरेको छ । यसपछि पनि नेपाली पक्षले यो पूरै विषय चीनको शीर्ष नेतृत्वमा उठाउने भएको छ ।

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल चीनले बनाएपछि नेपालका लागि विमानस्थल सेतो हात्ती बनेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सम्पन्न भएको धेरै समय भइसक्दा पनि सोचे अनुसार त्यहाँ कुनै पनि किसिमको व्यापार व्यवसाय आएको वा फस्टाउन सकेको छैन् । यसका लागि नेपालले चीनको एक्जिम बैंकबाट ऋण लिएको थियो । यति मात्र होइन नेपालले पर्यटक घुम्न सक्ने गरी चीनबाट ६ वटा विमान खरिद गरेको थियो तर ती विमानहरु गुणस्तरहीन बनेका छन् र केही महिनादेखि अलपत्र अवस्थामा छन् । यी विमानबाट नेपालले पैसा कमाउन नसके पनि चीनलाई ठूलो ऋण तिर्नुपर्ने हुन्छ । यी दुवै ऋणको मात्रै १० अर्ब रुपैयाँ रहेको बताइएको छ ।

वर्तमानमा देशको सहि स्थिति वा सहि मुल्यांकनको कुरा गर्ने हो भने नेपाल संधियताको भुमरीमा नराम्रोसग फसिसकेको अवस्थामा छ । नेपाल जस्तो सानो देश जसको जनसंख्या मुश्किलले दुई करोड अस्सी लाखको हाराहारीमा रहेको छ यस्तो देशका लागि सात सात संघिय प्रदेश हुनु र प्रदेशको संरचनालाई धान्नु वा धानी राख्नु पनि सेतो हात्ती बनेको अवस्थामा नेपालले विदेशि ऋण तिर्न सक्छ भन्नेमा शंका र आशंका दुबै स्पष्ट देखिन्छ । त्यसैले प्रधानमन्त्री दाहालले चीनसँग ऋणलाई अनुदानमा वा ऋण मिनाहा गर्न अपिल गर्नु बाहेक अरु विकल्प तत्कालका लागि देखिदैन ।-ईहेरल्डपोष्ट न्यूज डेस्क, योगेन्द्र प्रताप शाही

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply