धर्म/संस्कृति

श्रीकुमारीलाई मासिक १८ हजार रुपैयाँ, श्रीगणेश र श्री भैरवलाई मासिक १५ हजार रुपैयाँभत्ताप्रदान 

काठमाडौं । काठमाडौँ महानगरपालिकाकीउपप्रमुख सुनिता डंगोलले आजपूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनाको श्रीपदभत्तारकमप्रदानगर्नुभयो । महानगरपालिकाले श्रीकुमारीलाई मासिक १८ हजार रुपैयाँ, श्रीगणेश र श्रीभैरवलाई मासिक १५ हजार रुपैयाँप्रदानगर्ने गरेको छ । आर्थिक वर्ष २०७०/०७१ देखिपूर्व श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई श्रीपदभत्तावापत रकमउपलब्ध गराउनथालेको हो । शुरुवात्मापूर्वकुमारीलाई मासिक १० हजार रुपैयाँ,पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले एक बर्षमाहुनआउने एकमुष्ट रकमसहित सम्मानगर्न थालेको हो ।

श्रीपदभत्ता प्राप्तगर्ने पूर्व श्रीकुमारीहरु मावि. सं. १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित भएकी नानी शोभा शाक्य देखि २०७४ सालसम्म प्रतिस्थापित भएकी मतिना शाक्यसम्मगरी ९ जना छन् । कार्यक्रममा ज्येष्ठ उमेरका कारण नानी शोभा (वि. सं. १९९९ — २००६) उपस्थितहुन सकिनन् । हर्ष लक्ष्मी शाक्य(वि. सं. २०१२ — २०१८) र प्रीति शाक्य (वि. सं. २०५८ — २०६५) देश वाहिर रहेकोले उपस्थितहुन सकिनन् । उनिहरुको भत्ता प्रतिनिधिले बुझेको थियोे । कार्यक्रममा नानीमैयाँ शाक्य (वि. सं. २०१८ — २०२६), सुनिना शाक्य(वि. सं. २०२६ — २०३५), अनिता शाक्य (वि. सं. २०३५ — २०४१), रश्मिला शाक्य (वि. सं. २०४१ — २०४८), अमिता शाक्य (वि. सं. २०४८ — २०५८) र मतिना शाक्य (वि. सं. २०६५ — २०७४) उपस्थित भएर भत्ता रकम ग्रहण गरिन् ।

वर्तमान श्रीकुमारी (२०७४ सालदेखि) तृष्णा शाक्य छिन् । वर्तमान कुमारीलाई महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ मासिक सहयोग उपलब्ध गराउने गरेको छ । यस्तै कुमारीका चिताइदार ज्ञानदेवी शाक्यलाई पूजाखर्च र मासिक पारिश्रमिक गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

पूर्व श्रीगणेशमध्ये कन्हैया शाक्य (वि. सं. २०३४ — २०४२) उपस्थिति भएनन् । गणेश शाक्य (वि. सं. २०१२ — २०२४), पुरुषोत्तम शाक्य(वि. सं. २०२४ — २०३४), सञ्जु शाक्य (वि. सं. २०४२ — २०४६), प्रमनराज शाक्य (वि. सं. २०४६ — २०५७),कपिलरत्न शाक्य(वि. सं. २०५७ — २०६७), संवेग शाक्य (वि. सं. २०६७ — २०७७) आफैँ उपस्थित भएर भत्ता रकम ग्रहण गरेका ।

भैरवतर्फ इन्द्रबहादुर शाक्य (वि. सं. २००६ — २०१४), शुभरत्न शाक्य (वि. सं. २०१४ — २०२४), बालपुरुषोत्तम शाक्य (वि. सं. २०२८ — २०३७), श्याम शाक्य (वि. सं. २०३७ — २०४४), भैरव शाक्य (वि. सं. २०४४ — २०५६) र रुजन शाक्य (वि. सं. २०६५ — २०७७)उपस्थित भएर भत्ता रकम ग्रहण गरेका थिए । राजु शाक्य (वि. सं. २०५६ — २०६५) भने देश वाहिर रहेकाले उपस्थितहुन भयनन् ।

भत्ता रकम प्रदान गरिसके पछि बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पूर्व श्रीहरुको आवास व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले प्रयास गरिरहेको उल्लेख गरिन् । जीवन्त सांस्कृतिक तथा सामाजिक परम्पराको निरन्तरताका लागि जीवित देवदेवीका रुपमा प्रतिस्थापित रहेका श्री र उनिहरुको परिवारको योगदान अमूल्य छ । परम्परा जोगाउन महानगरपालिकाले सरकारका तर्फबाट पूरा गर्नु पर्ने दायित्व पूरा गर्नेछ ।

पूर्व श्रीहरुको सहजताका लागि बैङ्क खाता खोलेर रकम उपलब्ध गराउने योजना बनाएका छौँ । कार्यक्रममा हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जीवित देवी देवताका रुपमा रहेका श्रीहरुको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालयसँग छलफल भएको र सम्झौता हुने प्रक्रियामा रहेको उल्लेख गरे ।