समाचार

प्रधानमन्त्री दाहाल जिनपिङबीच भेटघाट : आपसी सहकार्य बनाउने सहमति

बेइजिङ । नेपालका प्रधानमन्त्री दाहाल यतिबेला चीन भ्रमणमा छन् । यसै क्रममा नेपालका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भेट गरेका छन् । भेटमा दुई देशबीच विकासका धेरै विषयमा कुराकानी भयो । चिनियाँ राष्ट्रपतिले भूपरिवेष्ठित नेपाललाई चीनसँग जोड्ने र पूर्वाधार विकासलगायत कनेक्टिभिटी सुविधामा सुधार गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङ्जाओ एसियाली खेलकुदमा सहभागी हुन चीन पुगेका छन् । यसै क्रममा उनले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए । गत वर्षको अन्त्यमा प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो चीन भ्रमण हो । यसअघि दाहालले भारत र अमेरिकाको भ्रमण गरिसकेका छन् । दाहालसँगको भेटमा जिनपिङले ‘ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क’ लगायतका परियोजनामा दुवै देशले सफलता हासिल गरेको बताए ।

विदेशी सञ्चारमाध्यमका अनुसार नेपाल र तिब्बतबीच असहज क्षेत्र छन् । त्यसैले दुई देशबीचको सम्पर्क विस्तार गर्न ट्रान्स हिमालयन कनेक्टिभिटी परियोजनाअन्तर्गत सडक र रेल सञ्जालको विकास गरिनेछ । नेपालमा सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ । नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न चीन भारतमाथिको नेपालको निर्भरता घटाउन चाहन्छ । तर, नेपालमा पूर्वाधार विकासलगायत धेरै चिनियाँ आयोजना अलपत्र छन् । नेपाल परराष्ट्र संस्थान प्रज्ञा घिमिरेले बताए अनुसार नेपालले चीनका सातवटा बन्दरगाहमा पहुँच पु¥याउन यातायात–पारवहन सम्झौतामा हस्ताक्षर गरेको छ । बैठकमा नौवटा बिआरआई परियोजना छनोट गरिएको छ । भेटमा सीले दुवै देशले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।