समाचार

संसद बैठक अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको हो । अमेरिका र चीन भ्रणमणबाट फर्किए लगत्तै शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेएका प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गरेका छन् । एमालेले पूर्वसहमतिअनुसार उच्चस्तरीय छानविन आयोग गठनमा ढिलाइ गरेर सरकारले बेइमानी गरेको भन्दै आजको संसद बैठक अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।

बिमानस्थलबाट तस्करी भएको सुन प्रकरणमा छानबिन आयोग बनाउन सरकारले चासो नदिएको भन्दै एमाले आक्रोशित बनेको थियो । सोही विषयलाई लिएर आजको संसद् बैठकमा एमालेले अवरोध गर्ने जनाएपछि संसद सञ्चालनबारे उनिहरुबीच छलफल भएको छ । पूर्वसहमतिअनुसार असोज ५ गते नै आयोग गठन गर्नुपर्ने थियो । तर सरकारले मानिरहेको छैन । प्रतिनिधिसभाको बैठक हिजो शनिवारका दिन दिउँसो १ बजे बसेको थियो । बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।
—ईहेराल्डपोस्ट न्यूजडेस्करफोटो : सोशलमिडियाबाट