पाकिस्तानी ११ बाट बाहिरिएका इमाम, काका इन्जमामले १४ घण्टाअघि मात्र मुख्य चयनकर्ताको पदबाट दिए राजीनामा

पाकिस्तानी ११ बाट बाहिरिएका इमाम, काका इन्जमामले १४ घण्टाअघि मात्र मुख्य चयनकर्ताको पदबाट दिए राजीनामा

इस्लामाबाद । सोमबार पाकिस्तानका पूर्व कप्तान इन्जमाम–उल–हकले विश्वकप प्रतियोगिताको बीचमा मुख्य चयनकर्ताको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोलीमा सबै राम्रो भइरहेको छैन । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र बाबर आजमबीच वार्ता नभएको खबर आएको छ । पाकिस्तानका पूर्व कप्तान राशिद लतिफले जाका अशरफले बाबरको फोन पनि नउठाइरहेको र पाकिस्तानी खेलाडीले पाँच महिनादेखि तलब नपाएको आरोप लगाएका थिए । एसिया कपअघि पाकिस्तानको मुख्य चयनकर्तामा निर्वाचित भएका पूर्व दिग्गज क्रिकेटर इन्जमाम उल हकले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनका भतिजा इमाम उल हक विश्वकपको प्लेइङ–११ बाट बाहिरिएका छन् । इमाम आउट अफ फर्म थिए । तर, यसका बाबजुद पनि उनलाई निरन्तर अवसर दिइँदै आएको छ । पाकिस्तानी फ्यान र मिडियाले उनलाई इन्जमामकै कारण प्लेइङ–११ मा समावेश गरेको आरोप लगाएका छन् । अहिले इन्जमामले राजीनामा दिएपछि इमामलाई हटाउने विषयमा निकै चर्चा चलिरहेको छ ।

यस विश्वकपमा पाकिस्तानको लगातार चौथो हारपछि इन्जमामले पाकिस्तान क्रिकेट बोर्डका प्रमुख जाका अशरफलाई राजीनामा पठाएसँगै पाकिस्तान क्रिकेट बोर्डको समस्या बढाउन सक्छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इन्जमामले ६ महिनादेखि तलब पाएका छैनन् र राजीनामा दिएपछि बोर्डले उनलाई १ करोड ५० लाख पाकिस्तानी रुपैयाँ तलब दिनुपर्नेछ । इन्जमामको मासिक तलब २५ लाख पाकिस्तानी रुपैयाँ थियो । सञ्चारमाध्यमका अनुसार उनको सम्झौतामा राजीनामा दिएमा ६ महिनाको थप तलब तिर्नु पर्ने पनि लेखिएको थियो ।
सेन्ट्रल कन्ट्रयाक्टलाई लिएर पीसीबी र खेलाडीबीच मतभेदको खबर आएपछि धेरै खुलासा भए, त्यसपछि हंगामा सुरु भयो । इन्जमाम मध्यस्थता गर्न अगाडि आए र ४८ घण्टाभित्र विवाद समाधान गर्ने वाचा गरे । उनको हस्तक्षेपले गतिरोध समाधान भयो र सबै खेलाडीको माग स्वीकार गरियो । विश्वकपमा आउनुअघि पाकिस्तानी खेलाडीले पनि सम्झौता गरेका थिए ।

यस कारण, इन्जमामको सम्झौता विवादमा संलग्नता र उनको सम्भावित स्वार्थको द्वन्द्वले मुख्य चयनकर्ताको रूपमा उनको भूमिकालाई असर गर्यो । उनको राजीनामाले धेरै विवादहरू समेत खोल्यो । यति मात्र होइन, बाबर आजमको व्यक्तिगत कुराकानी पनि सोमबार भाइरल भएको थियो । पीसीबीमाथि पनि आरोप लगाइएको छ कि इन्जमामको राजीनामा त्यही निजी च्याट विवादलाई दबाउनको लागि गरिएको हो ।

यस विश्वकपमा इमामको स्थानमा फखर जमानलाई समावेश गरिएको छ । फखर नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलपछि प्लेइङ–११ मा परेका थिएनन् । अब्दुल्लाह शफिक र इमाम उल हकले मात्र ओपनिङ गरेका थिए । इमाममाथि इन्जमामका कारण पक्षपात गरेको आरोप पनि लागेको छ । बलिङमा आउट अफ फर्म शादाबको स्थानमा उसामा मिर र नवाजको स्थानमा आगा सलमानलाई मौका दिइएको छ ।
इमामले यो विश्वकपमा अहिलेसम्म ६ खेल खेलिसकेका छन् । यस अवधिमा उनको ब्याटबाट एक अर्धशतक मात्रै आयो । यस विश्वकपमा अहिलेसम्म ६ इनिङ्समा १६२ रन मात्र बनाउनसकेका थिए । इमामले अस्ट्रेलियाविरुद्ध ७० रनको इनिङ खेलेका थिए । यसबाहेक उनले नेदरल्यान्डविरुद्ध १५ रन, श्रीलंकाविरुद्ध १२ रन, भारतविरुद्ध ३६ रन, अफगानिस्तानविरुद्ध १७ रन र दक्षिण अफ्रिकाविरुद्ध १२ रन बनाएका थिए ।

इमामको अनुपस्थितिका कारण पाकिस्तानले विश्वकपमा राम्रो सुरुवात गर्न सकेन र प्रतियोगितामा कठिनाइको सामना गर्नुपरेको थियो । टोली विश्वकपबाट बाहिरिने संघारमा छ । अब सेमिफाइनलमा पुग्न तीनवटै खेल जित्नुका साथै अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply