समाचार

जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने मेरो बटमलाइन : प्रधानमन्त्री दाहाल

विराटनगर । मन्त्रीहरुको कामलाई लिएर असन्तुष्ट देखिएका प्रधानमन्त्री दाहालले आफ्नो मन्त्री फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने आफ्नो बटमलाइन बताएका छन् । मोरङको मिक्लाजुङ ५ मा नेकपा माओवादी केन्द्रले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताए । प्रधानमन्त्री दाहालको कार्यकाल यही पुस १० गते १ वर्ष पुग्ने छ । कार्यकाल १ वर्ष पुगेको अवसरमा विशेष सम्बोधन गर्ने जानकारी पनि दिएका छन् ।

‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु,’ प्रधानमन्त्रीको भनाई थियो । प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने उनको अडान छ । स्रोतका अनुसार बर्तमान मन्त्रिपरिषदमा करिव ११ जना मन्त्री हटाउनु पर्ने निश्कर्षमा दाहाल रहेका छन् ।