मनोरञ्जन

आश्चर्यजनक ! दुई दिनमै सकियो टेस्ट म्याच, क्रिकेट इतिहासकै छोटो म्याच

नयाँ दिल्ली । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट दुई दिनको पाँच सत्रमा समाप्त भएकाले यो पिचमा प्रश्न उठ्ने निश्चित छ । पत्रकार सम्मेलनमा कप्तान रोहित शर्माले आफ्नो शरीरमा रहेका बलका निशान देखाएका थिए । रोहितको शरीरमा रहेको निशानले देखाएको छ यो पिच कति खतरनाक थियो भनेर । आईसीसीका म्याच रेफ्री क्रिस ब्रोडले न्युल्यान्ड्स स्टेडियमको पिचलाई ‘औसतभन्दा कम’ रेटिङ दिएनन् भने अचम्मको कुरा हुनेछ । सामान्यतया भारतमा स्पिन पिचलाई लिएर आईसीसीको दृष्टिकोण निकै कडा रहेको देखिएको हुन्छ ।

जब दक्षिण अफ्रिकाका ब्याटिङ सल्लाहकार र पूर्व कप्तान अश्वेल प्रिन्सले यो पिच देखेर उनले यसलाई ’पहिलो दिनको सबैभन्दा छिटो पिच’ भनेका थिए र यसको बीच–बीचमा उछाल देखेर चिन्तित पनि थिए । न्युल्यान्ड्सको आयोजक संस्था ‘वेस्ट प्रोभिन्स क्रिकेट एसोसिएसन आर्थिक रुपमा निकै कमजोर रहेकोले डेढ दिनको खेल उनीहरुका लागि घाटाको विषय हुनेछ ।