मनोरञ्जन

तेस्रो टी–२० : हिटम्यान शर्माको निर्णयले अफगानिस्तान क्रिकेट टीमको सपना ध्वस्त

नयाँ दिल्ली । सन् २०२३ को विश्वकपमा आफ्नो कप्तानीबाट धेरै चर्चामा आएका कप्तान रोहित शर्माले १७ जनवरीको राति चिन्नास्वामीलाई ऐतिहासिक जित दिलाएका छन् । रोहितले फेरि एक पटक प्रमाणित गरे उनी किन भारतको सबैभन्दा सफल कप्तानमा गनिन्छन् । तेस्रो टी–२० मा कठिन परिस्थितिमा ब्याटिङ गर्दै रोहितले पहिले ब्याटिङ गर्दै आफ्नो प्रभाव देखाएका थिए ।

शतकीय पारीपछि रोहितले मैदानमा आफ्नो उत्कृष्ट कप्तानीले सबैलाई आफ्नो फ्यान बनाएका थिए । एक समयमा टीम इन्डियाले केही समयमै चार ठूला विकेट गुमाएको थियो । यशस्वी जैसवाल, विराट कोहली र सञ्जु सैमसनजस्ता शक्तिशाली ब्याट्सम्यान प्याभिलियन फर्किएका थिए । समय अप्ठ्यारो थियो, किनकी इनिङ्सको व्यवस्थापनसँगै रनरेट पनि कायम राख्नुपर्ने थियो । हिटम्यानले दुबै कार्यलाई उत्कृष्ट ढंगले ह्यान्डल गरेका थिए ।

रिंकु सिंहसँग मिलेर पहिले रोहितले भारतीय टोलीलाई सम्हाल्दै त्यसपछि अन्तिम ओभरमा ब्याटले यस्तो कहर ढाए कि कोहलीको घरेलु मैदानमा हिटम्यानको आवाज मात्र सुनिन्थ्यो । रोहितले ६९ बलमा १२१ रनको अविस्मरणीय इनिङ खेले जसको आधारमा टीम इण्डिया २२÷४ को स्कोरका साथ २१२ रनको विशाल स्कोरमा पुग्न सफल भयो ।

रोहित शर्माले पहिलो सुपर ओभरमा दुई छक्का प्रहार गर्दै टोन सेट गरेका थिए । भारतीय टोलीले पाँच बलमा १५ रन बनाएको थियो । जितका लागि अन्तिम बलमा दुई रन आवश्यक थियो । दुई रन आवश्यक थियो, अर्थात् विकेटको बीचमा छिटो दौडनु आवश्यक थियो । म्याचको अवस्था र सही समय देखेर रोहितले रिटायर्ड हर्टबाट लिने निर्णय गरेका थिए । रोहितको निर्णयको अफगान खेलाडीहरूले कडा विरोध गरे तर नियमहरू हिटम्यानको पक्षमा थिए ।

पहिलो सुपर ओभरमा रोहित शर्माले अफगानिस्तानका ब्याट्सम्यानलाई फास्ट बलरलाई खेल्न कुनै समस्या नभएको देखेका थिए । अफगानिस्तानका ब्याट्सम्यानले मुकेश कुमारको ओभरमा १६ रन बनाए । यही कारण थियो कि भारतीय कप्तानले दोस्रो सुपर ओभरमा ठूलो जुवा खेल्दै स्पिन बलर रवि बिश्नोईको हातमा बल दिएका थिए । बिश्नोईले पनि कप्तानको विश्वास पूरा गरे र तीन बलमा दुई विकेट लिएर टीम इन्डियाको जितमा ठप्पा लगाउने काम गरे । रोहितले यो जुवा नखेलेको भए सायद खेलको नतिजा अर्कै हुन सक्थ्यो ।