रोहित २०२३ को उत्कृष्ट एकदिवसीय टोलीका कप्तान, विश्व च्याम्पियन कप्तान कमिन्स प्लेइङ–११ मा पनि परेनन्

रोहित २०२३ को उत्कृष्ट एकदिवसीय टोलीका कप्तान, विश्व च्याम्पियन कप्तान कमिन्स प्लेइङ–११ मा पनि परेनन्

नया दिल्ली । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२३ को उत्कृष्ट एकदिवसीय टोली घोषणा गरेको छ । आईसीसीले यो टोलीको कमान्ड रोहित शर्मालाई दिएको छ । योसँगै अष्ट्रेलियालाई विश्व च्याम्पियन बनाउने कप्तान प्याट कमिन्सले पनि प्लेइङ–११ मा स्थान पाउन सकेका छैनन् । यो टोलीमा भारतका ६ खेलाडी रहेका छन् । योसँगै अस्ट्रेलिया र दक्षिण अफ्रिकाका दुई–दुई खेलाडी छन् भने न्युजिल्यान्डका एक–एक खेलाडी छन् । सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल खेलेका आठ खेलाडी यस टोलीमा छन् । उपाधिका लागि भारत र अस्ट्रेलियाबीच खेल भएको थियो । प्लेइङ–११ मा पाकिस्तान, इंग्ल्याण्ड र श्रीलंका जस्ता ठूला टोलीका खेलाडी छैनन् ।

कप्तान रोहित बाहेक शुभमन गिल ओपनरको रुपमा यो टिममा परेका छन् । यी बाहेक मिडल अर्डरको जिम्मेवारी विराट कोहलीलाई दिइएको छ । योसँगै टीम इन्डियाका तीन बलर प्लेइङ–११ मा छन् । जसमा दुई फास्ट बलर र एक स्पिनर रहेका छन् । यो टोलीमा मोहम्मद सिराज र मोहम्मद शामी छन् भने कुलदीप यादवलाई पनि समावेश गरिएको छ । अष्ट्रेलियाका ट्राभिस हेड र एडम जाम्पा पनि प्लेइङ–११ मा छन् । टोलीमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेन विकेटकिपर हुनेछन् र यसबाहेक मार्को जान्सनलाई पनि समावेश गरिएको छ । प्लेइङ–११ मा न्यूजिल्याण्डका डेरिल मिचेल पनि परेका छन् ।

आईसीसी सर्वश्रेष्ठ वनडे टीम २०२३
रोहित शर्मा (कप्तान), शुभमन गिल, ट्राभिस हेड, विराट कोहली, डेरिल मिचेल, हेनरिक क्लासेन, मार्को जान्सेन, एडम जाम्पा, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी ।

रोहित गत वर्ष उत्कृष्ट लयमा थिए । उनले ५२ को औसतमा १२५५ रन बनाएका थिए । यसैबीच, शुभमनका लागि विश्वकप केही खास नभए पनि गत वर्ष उनले यस फर्म्याटमा दोहोरो शतक बनाएका थिए । न्युजिल्याण्ड विरुद्ध उनले २०८ रनको इनिङ खेलेका थिए । शुभमन सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी थिए । उनले १५८४ रन बनाएका थिए ।

गत वर्ष पनि विराटका लागि निकै राम्रो रह्यो । एकदिवसीयमा उनले १३७७ रन बनाए र शुभमनपछि दोस्रो स्थानमा रहे । गत वर्ष, कोहलीले ६ शतक बनाए र सचिन तेन्दुलकरको एकदिवसीयमा सबैभन्दा धेरै शतकको कीर्तिमान बराबर गरेका थिए । उनी विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट चुनिएका पनि थिए । न्युजिल्याण्डका अनुभवी अलराउन्डर डेरिल मिचेल यस टोलीका लागि उत्कृष्ट प्रदर्शनकर्ता थिए । उनले गत वर्ष पाँच शतक बनाए र ५२.३४ को औसतमा प्रभावशाली रन बनाएका थिए । विश्वकपमा मिचेलले भारतविरुद्ध दुई खेलमा १३० र १३४ रन बनाएका थिए ।

हेनरिक क्लासेनले गत वर्ष आफ्नो आँधीबेहरीले सबैको मन जितेका थिए । सेन्चुरियनमा अस्ट्रेलिया विरुद्ध बनाएको १७४ रन सबैलाई अझै याद छ । ३२ वर्षीय क्लासेनले विकेट पछाडि पनि उत्कृष्ट काम गरे र उत्कृष्ट टोलीमा आफ्नो स्थान पक्का गरे । दक्षिण अफ्रिकाका मार्को यान्सेनले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेका छन् । गत वर्ष सेप्टेम्बरमा अस्ट्रेलियाविरुद्ध उनले धेरै रन बनाएका थिए भने पाँच विकेट पनि लिएका थिए । विश्वकपमा पनि उनको फर्म उत्कृष्ट थियो । एडम जाम्पाले गत वर्ष ३८ विकेट लिएका थिए जसका कारण उनी प्लेइङ–११ मा पुग्न सफल भएका थिए ।

भारतका सिराजले गत वर्ष ४४ विकेट लिएका थिए । एसिया कपको फाइनलमा श्रीलंकाको ब्याटिङलाई ध्वस्त पार्नुका साथै उनले विश्वकपमा श्रीलंकाको टोलीलाई पनि ध्वस्त पारेका थिए । सिराजले एसिया कपको फाइनलमा २१ रन दिएर ६ विकेट लिएका थिए । योसँगै कुलदीपले गत वर्ष भारतीय टोलीमा उत्कृष्ट पुनरागमन गर्दै ४९ विकेट लिएका थिए । एसिया कपमा कुलदीपले सुपर–फोरमा पाकिस्तानविरुद्ध २५ रन दिएर पाँच विकेट लिएका थिए र वर्षभरि नै टीम इन्डियाको धेरै महत्त्वपूर्ण जितमा योगदान पु¥याएका थिए । योसँगै मोहम्मद शामीले गत वर्ष चार पटक एक इनिङमा पाँच विकेट लिएका थिए । विश्वकपमा टोलीमा प्रवेश गरेदेखि नै उनले न्युजिल्यान्डविरुद्धको सेमिफाइनलमा ५७ रनमा सात विकेट लिएका थिए । भारतलाई विश्वकपको फाइनलमा पु¥याउन शमीको योगदान महत्वपूर्ण थियो ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply