समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम निर्वाचन आयोगद्वारा सार्वजनिक

काठमाडौं । आज मिति २०८०/१०/११ गते विहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा प्राप्त भएको छ । प्राप्त विवरण अनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको श्री रुकमिणी कोइरालाले प्रदेश सभा सदस्य तर्फको ४९ मतको २५९७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १३१ मतको २४८९ मतभार प्राप्त गर्नु भई कूल १८० मतको सबैभन्दा वढि कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । कोशी प्रदेशको अन्य समूह तर्फ नेपाली काँग्रेस दलको श्री कृष्णप्रसाद सिटौलाले प्रदेश सभा सदस्यतर्फको ४५ मतको २३८५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १५३ मतको २९०७ मतभार प्राप्त गर्नु भई कूल १९८ मतको सबैभन्दा वढि कूल ४२९२ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपाल दलको श्री पूजा चौधरीले प्रदेश सभा सदस्यतर्फको ७६ मतको ४०२८ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको २०५ मतको ३८९५ मतभार प्राप्त गर्नु भई कूल २८१ मतको सबैभन्दा वढि कूल ७९२३ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । मधेश प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री आनन्दप्रसाद ढुगाँनाले प्रदेश सभा सदस्य तर्फको ६७ मतको ३५५१ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको २०१ मतको ३८१९ मतभार प्राप्त गर्नु भई कूल २६८ मतको सबैभन्दा वढि कूल ७३७० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री बिष्णुदेवी पुडासैनीले प्रदेश सभा सदस्यतर्फको ६४ मतको ३३९२ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १७० मतको ३२३० मतभार प्राप्त गर्नु भई कूल २३४ मतको सबैभन्दा वढि कूल ६६२२ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । बागमती प्रदेशको दलित समूह तर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको श्री घनश्याम रिजालले प्रदेश सभा सदस्यतर्फको ६३ मतको ३३३९ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १६७ मतको ३१७३ मतभार प्राप्त गर्नु भई कूल २३० मतको सबैभन्दा वढि कूल ६५१२ मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री श्रीकृष्णप्रसाद अधिकारीले प्रदेश सभा सदस्यतर्फको ६२ मतको ३२८६ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १६३ मतको ३०९७ मतभार प्राप्त गर्नु भई कूल २२५ मतको सबैभन्दा वढि कूल ६३८३ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री जितजगं बस्नेतले प्रदेश सभा सदस्यतर्फको ६३ मतको ३३३९ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १६८ मतको ३१९२ मतभार प्राप्त गर्नु भई कूल २३१ मतको सबैभन्दा वढि कूल ६५३१ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री मनरुपा शर्माले प्रदेश सभा सदस्यतर्फको ३५ मतको १८५५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको ९५ मतको १८०५ मतभार प्राप्त गर्नु भई कूल १३० मतको सबैभन्दा वढि कूल ३६६० मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री पदमबहादुर परियारले प्रदेश सभा सदस्यतर्फको ३५ मतको १८५५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १०१ मतको १९१९ मतभार प्राप्त गर्नु भई कूल १३६ मतको सबैभन्दा वढि कूल ३७७४ मतभार तथा अन्य समुदायतर्फ नेपाली काँग्रेस दलको श्री किरणबाबु श्रेष्ठले प्रदेश सभा सदस्यतर्फको ३६ मतको १९०८ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १०० मतको १९०० मतभार प्राप्त गर्नु भई कूल १३६ मतको सबैभन्दा वढि कूल ३८०८ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाली काँग्रेस दलको श्री विष्ण्कुमारी सापकोटा ले प्रदेश सभा सदस्यतर्फको ५२ मतको २७५६ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १४१ मतको २६७९ मतभार प्राप्त गर्नु भई कूल १९३ मतको सबैभन्दा वढि कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । लुम्विनी प्रदेशको अन्य समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री झक्कुप्रसाद सुवेदीले प्रदेश सभा सदस्यतर्फको ५२ मतको २७५६ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १४१ मतको २६७९ मतभार प्राप्त गर्नु भई कूल १९३ मतको सबैभन्दा वढि कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको श्री सावित्री मल्लले प्रदेश सभा सदस्यतर्फको २९ मतको १५३७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको ११५ मतको २१८५ मतभार प्राप्त गर्नु भई कूल १४४ मतको सबैभन्दा वढि कूल ३७२२ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेशको दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री विष्णुबहादुर विश्वकर्माले प्रदेश सभा सदस्यतर्फको २९ मतको १५३७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२० मतको २२८० मतभार प्राप्त गर्नु भई कूल १४९ मतको सबैभन्दा वढि कूल ३८१७ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री कृष्णबहादुर रोकायाले प्रदेश सभा सदस्य तर्फको ३० मतको १५९० मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२० मतको २२८० मतभार प्राप्त गर्नु भई कूल १५० मतको सबैभन्दा वढि कूल ३८७० मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

सुदुरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलको श्री रेनु चन्दले प्रदेश सभा सदस्य तर्फको ४१ मतको २१७३ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२० मतको २२८० मतभार प्राप्त गर्नु भई कूल १६१ मतको सबैभन्दा वढि कूल ४४५३ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ । सुदुरपश्चिम प्रदेशको अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेस दलको श्री नारायणदत्त भट्टले प्रदेश सभा सदस्यतर्फको ४० मतको २१२० मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १२१ मतको २२९९मतभार प्राप्त गर्नु भई कूल १६१ मतको सबैभन्दा वढि कूल ४४१०९ मतभार तथा अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री बलदेव बोहराले प्रदेश सभा सदस्यतर्फको ३९ मतको २०६७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको ११९ मतको २२६१ मतभार प्राप्त गर्नु भई कूल १५८ मतको सबैभन्दा वढि कूल ४३२८ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्ण सरोकारवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आयोग सम्वन्धित सबैमा धन्यवाद ब्यक्त गर्दछ ।