समाचार

राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगद्वारा देहायको निर्देशन

काठमाडौं । निर्वाचनआयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम देहायको निर्देशन दिने र सोको जानकारी सबै राजनीतिक दलहरूलाई गराउने गरी आयोगको मिति २०८० फागुन ३ गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९र०४र०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्ने,

२. दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,,

३. दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेरको विवरणआयोगबाट स्वीकृत दलको विधान बमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी सम्भव भएको अवस्थामा महाधिवेशनबाट अनुमोदन गरी गराई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्ने,

४. राजनीतिक दलहरूले विधान बमोजिम दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समिति लगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम योग्यता पुगे नपुगेको निर्क्योल गरीयोग्यता पुगेको व्यक्तिलाई मात्रसदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्ने साथै सदस्यता वितरणको विवरण स्थानीय तह, प्रदेश तह तथा केन्द्रीय तहमा अद्यावधिक गरी राख्नो,

५. राजनीतिक दलहरूले विधान बमोजिम विभिन्नर तहमा रहने समितिहरूमा पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १५ बमोजिम समानुपातिक समावेशीसिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था गर्ने,

६. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने,

७. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने ब्यवस्थाविधानमा उल्लेख गरी सो बमोजिम निर्वाचनद्वारा पदपूर्ति गर्ने,

८. दलले विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समिति लगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकै पटक आयोगमा पेश गर्ने गरेकोमा सो नगरी पहिला विधानमा भएको संशोधन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम आयोगबाटअद्यावधिक भएपछिमात्र त्यसको आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागिपेश गर्ने,

९. दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरीराजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० बमोजिमआयोगले तोकेको ढाँचामा लेखा राखी अभिलेख राख्नो प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउने साथै दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताव देखिने गरी बैंक मार्फत कारोबार गर्ने व्यवस्था मिलाउने,

१०. दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ बमोजिम आर्थिक वर्ष समाप्त  भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्तन लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गरी आयोगमा पेश भएको मितिले एक महिनाभित्र सार्वजनिक गर्ने र सोको जानकारी आयोगमा पठाउने,

११. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम आधुनिक नेपाल समाजवादी पार्टी ९दर्ता नं।२१० नामक राजनीतिक दलले विधान बमोजिम तोकिएको समयमा केन्द्रीय पादाधिकारी र सदस्यको निर्वाचन नगरेकोले आयोगबाट जरिवाना गर्ने निर्णय भएकोमा आयोगबाट भएको जरिवाना हालसम्म पनि नबुझाएकोले उक्त दललाई जरिवाना बुझाउन एक पटक मौका दिई तोकिएको समयमा जरिवाना नबुझाएमा कानून बमोजिम दल दर्ता खारेजको प्रकृया अगाडि बढाउने,

१२. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २९ठ  बमोजिम दलले आफ्नो विधानमा केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारी तोक्नु पर्ने व्यवस्था भएकोले एकजना मात्र प्रमुख पदाधिकारी रहने व्यवस्था गर्ने,

१३. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको साठी दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेश गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेश गर्ने र नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेश गर्नु पर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउने,

१४. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५९ बमोजिम आयोगसँगको सम्पर्कको लागि दलले एकजना सम्पर्क व्यक्ति तोकी आयोगलाई जानकारी गराउने व्यवस्था बमोजिम हालसम्म सम्पर्क व्यक्ति नतोकेको भए संवत् २०८० फागुन मसान्तभित्र तोकी सोको जानकारी आयोगमा पठाउने,

१५. दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेरको विवरण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा देहाय बमोजिमको चेक लिष्ट प्रमाणित गरी पेश गर्नेः

राजनीतिक दलको विवरण अद्यावधिक सम्बन्धी आवश्यक कागजातहरू (चेक लिष्टक)

क्र.स./विवरण/ छ/छैन

१. आयोगले मिति २०७९र०४र०४ मा स्वीकृत गरेको ढाँचामा विधान संशोधन वा हेरफेर गरी अद्यावधिकको पेश गरेको

२. विवरण हेरफेरको निर्णय भएको ३० दिन भित्र अद्यावधिकका लागि पेश गरेको

३. दलको विवरण अद्यावधिक गर्ने भनी पेश भएको महाधिवेशन वा दलको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि समावेश गरिएको

४. दलको नाम, झण्डा ,चिन्ह आयोगमा दर्ता कायम रहेका अन्य दलका नाम, चिन्ह, झण्डा भन्दा फरक रहेको

५. दलले लेखापरीक्षण प्रतिवेदन बुझाएको

६. दलको अद्यावधिक गर्नु पर्ने विवरण विधान सम्मत रहेको

७. दलको पदाधिकारी र केन्द्रीय सदस्य रिक्त हुँदा महाधिवेशन अगाडि भए पदपुर्ति गर्ने व्यवस्था रहेको

८. केन्द्रीय समितिको सदस्य मनोनयन गरिएको भए विधानमा मनोनयन वा पुर्ति गर्ने व्यवस्था रहेको

९. केन्द्रीय समितिका पदाधिकारी वा सदस्यलाई कारवाही गर्दा विधान सम्मत स्पष्टीकरणको मौका दिएको

१०. अद्यावधिक लागि विधानको पुर्नेलेखन वा संशोधन भएको भए राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम भएको

११. हेरफेर भई आएको दलका पदाधिकारी वा केन्द्रीय समितिका सदस्यकोयोग्यता राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा १४ बमोजिम पुगेको

१२. दलका पदाधिकारी वा केन्द्रीय समितिका सदस्यको नागरिकताको प्रतिलिपिर मतदाता नामावलीर राष्ट्रिय परिचय पत्र पेश गरेको

१३. दलको एकीकरणरमहाधिवेशन पुर्व विधान संशोधन भएमा विधानमा भएको व्यवस्था बमोजिम भएको

१४. केन्द्रीय समिति एवम् अन्य समितिमा कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व रहेको

१५. विधान बमोजिम विभिन्नश तहमा रहने समितिहरूमा पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन, मनोनयन वा नियुक्ति समानुपातिक समावेशीसिद्धान्तका आधारमा गरिएको

१६. विधान वा नियमावलीमा संशोधन वा परिवर्तन गरेको भए निवेदन साथ पेश गरेको

१७. आयोगबाट जरिवाना गरिएको भए जरिवाना बुझाएको

१८. अधिकार प्राप्त पदाधिकारी वा अनुमति प्राप्त व्यक्तिले पत्रचार वा दलको प्रमुख पदाधिकारीले अख्तियारी प्रदान गरेको पत्र समावेश गरेको

माथि उल्लेख भए बमोजिमका कागजात एवम् विवरण पेश गरेको साँचो हो भनी सही गर्ने प्रमुखर पदाधिकारीकोः

(क्रमश: दस्तखतः  नाम थरः पदः मितिः दलको छापः)