समाचार

चिसापानी कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

काठमाडौं । कर्णली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा आगालागी भएको हो । कर्णाली पुलमाथि गुडिरहेका वेला एक्कासि ट्रकमा आगलागी हुँदा पुलका लट्ठामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पुलका लट्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए । प्रहरीका अनुसार त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोबाट ‘डाइभर्ट’ गरिएको छ ।