समाचार

आज प्रधानमन्त्रीका लागि तेस्रो पटक विश्वासको मत लिदै पुष्पकमल दाहाल

काठमाडौं । विश्वासको मत लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । ‘यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,’ प्रधानमन्त्री दाहालले भने, प्रधानमन्त्री दाहालले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरेका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे ।