समाचार

उपनिर्वाचनका लागि आयोगद्वारा मतदान स्थल तथा मतदान केन्द्र कायम

काठमाडौं । निर्वाचन आयोगको मिति २०८०/१२/२२ गतेको बैठकबाट देशभरमा १०,८९२ मतदान स्थल स्वीकृत भएको छ । साथै मिति २०८१ वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनं. २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र एव झाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनं. १ को प्रदेशसभा निर्वाचन क्षेत्रनं. १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।