मनोरञ्जन

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरीको गीत ‘कालीगड’ सार्वजनिक

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायः आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ । उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ । गीतको शब्द तथा संगीत रचना उनकै हो ।

‘‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’’ गीतमा युवा–युवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्। यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ । यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । लुम्विनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई झनै आकर्षक बनाइएको छ । मेकिङका हिसाबले भिडियो स्तरीय लाग्छ । फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन् । भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो ।