विचार/अन्तर्वार्ता

किन पछाडी पर्दै छ ठकुरी समाज

नेपाल को इतिहासको प्रत्येक कालखण्डमा राष्ट्रको लागि ठकुरी जातिले गरेको त्याग, तपस्या र योगदान अतुलनीय रहेको छ । राष्ट्र बचाउन, समाज बचाउन रितिरिवाज– परम्परा जोगाउन वा राष्ट्रिय स्वाभिमान अक्क्षुण राख्न यो समाजले गरेको बलिदानलाई अहिले का केहि नव– शुधारवादीले नकार्दै लगेको आज भोलि राजकीय स्तरमा ठकुरी जाति प्रतिको विश बमनले बुझ्न सकिन्छ ! ठकुरी भन्ने बित्तिकै शोषक, सामन्ती हो भन्ने अहिलेका राजनैतिक लाल बुझक्कड नेताहरुको बुझाईले यो समुदाय राजनैतिक/सामाजिक कित्तामा हेप्पीदै गएको प्रस्ट देखिन्छ! तुलनात्मक दुष्टिकोणले बुझ्ने हो भने नेपाल को इतिहास काल देखिनै यो राष्ट्रमा बाहुन जातिको हाली मुहाली देखिन्छ ।

राजा देखि राज्य संचालनमा प्रत्यकक्ष भूमिका खेलेको यो जातिले गर्दा नै ठकुरी जति अहिले नपालकै इतिहासमा सबभन्दा कमजोर अवस्थामा पुगेको सबैले बुझ्न सक्छ । ठकुरी जाति आफ्नो पराक्रम – निडर – हिम्मती र त्यागी स्वभावले गर्दा यो राष्ट्रलाई एकीकरण गर्न सफल रह्यो ! जन रक्षक बन्यो । राष्ट्र रक्षक बन्यो ! तर अहिले तेसै समुदायलाई यो वा त्यो भन्दै अपमानीत् गर्ने चेष्ठा निरन्तर भै रहेको छ । आज एकदम दयनीय अवस्था मा पुग्दै गएको छ हाम्रो समाज भन्दा अतिश्योक्ति न होला। । आर्थिक/सामाजिक/नैतिक रुपले हामी सामु अस्तित्वको संकट देखा पर्न थालेको छ । तेसैले आफ्नो समुदायको हक हितको निम्ति अब हामी सबै एक हुनुको विकल्प छैन । हामी सबै मिलेर जो सँग जे छ त्यो हाम्रो समुदायको निम्ति अर्पण गर्ने बेला आएको छ ।

सामुदायिक विकासको भावना बोकेर शिक्षा भएको ले शिक्षा/स्पि भएको ले शिप/योजना भएको ले योजना/पैसा भएको ले पैसा÷ यसरी सबैको समायोजन गरि समग्र ठकुरी समाजको उत्थानको लागि काम गर्ने बेला आएको छ । समयको यो कालखण्डमा पनि हामी सचेत र सावधान भएनौ भने भोलि आउने पुस्ताले आफु ठकुरी समुदायको भएको मा लज्जित हुनु पर्ने अवस्था आउन सक्छ ।

आज हाम्रो समुदाय प्रति बिभिन्न सड्यन्त्र हुन् थालेका छन्, हाम्रो गरिमालाई ठेस पुर्याउने र हाम्रो गौरव शालि इतिहासलाई मेटाउने कार्य गुपचुप रुपमा जारी छ । ब्यक्ति बिशेषमात्र सफल भएर समग्र समुदाय को भलो हुदैन, समुदायको भलाईको निम्ति समग्र समुदायको विकास जरुरि छ । सबै मिलि हातेमालो गरौ अन्य समुदायले जस्तै आफ्नो समुदायको समग्र बिकाशको निम्ति एक जुट बनौ । -भरत ठकुरी /ठकुरी समाजको सामाजिक सञ्जालबाट