समाचार

चीनद्वारा नेपालको दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा व्यावसायिक उडान सुरु गर्ने घोषणा

काठमाडौं । चीनले नेपाललाई ऋणको जालमा फसाउन खोजेको खुलासा भएपछि अहिले चीन दबाबमा परेको छ । चीनले मे महिनामा नेपाली यात्रुका लागि भिसा शुल्क खारेज गर्ने घोषणा समेत गरेको छ । यति मात्र होइन, चीनले नेपालको दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा व्यावसायिक उडान सुरु गर्ने घोषणा गरेको छ । यी हुन् चीनको सहयोगमा बनेका विमानस्थलहरू । यी दुवै विमानस्थल बनेको केही महिना बितिसक्दा पनि अहिलेसम्म एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । यसका लागि नेपालले चीनबाट करोडौं डलर ऋण पनि लिएको छ तर ती विमानस्थलहरु त्यसका लागि सेतो हात्ती साबित भइरहेका छन् ।

अब नेपालले चीनको ऋण तिर्न पर्ने भए पनि व्यावसायिक उडान नहुँदा पैसा कमाउन सकेको छैन । नेपालले यसबारे चीनलाई पटकपटक अपिल गरेको थियो तर अहिलेसम्म खासै केही गर्न सकेको छैन । चौतर्फी आलोचनापछि अब चीनले यी दुवै विमानस्थलमा व्यावसायिक उडान पठाउने घोषणा गरेको छ । चाइना इन्टरनेशनल डेभलपमेन्ट कर्पोरेशन एजेन्सीका अध्यक्ष लुओ झाओहुईले काठमाडौंमा भएको नेपाल लगानी सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । नेपालले चीनबाट पैसा लिएर विमानस्थल बनाएको थियो ।

लुओले ट्रान्स हिमालयन कनेक्टिभिटी कार्यान्वयन गर्न चीनले नेपालमा प्रत्यक्ष र अप्रत्यक्ष लगानीलाई निरन्तरता दिने बताए । उनले भने, ‘हवाई र सडक सम्पर्क र सीमा नाकामा सबै ठीकठाक चलिरहेको छ । सीमापार रेलवे लाइन र क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको अध्ययन भइरहेको छ । नेपालको दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र लुम्बिनीबाट नयाँ उडान सुरु गर्न सक्ने गरी चिनियाँ सरकारले यस्तो व्यवस्था गरेको लुओले बताए ।