मनोरञ्जन

टी–२० विश्वकपका लागि टोलीको घोषणा २० विश्वकप ? कुन टिम शक्तिशालि

नयाँ दिल्ली । भारतीय टोलीको छनोट समितिले आगामी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । जुन १ बाट अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने यस प्रतियोगितामा भारतीय टोलीले रोहित शर्माको नेतृत्वमा खेल्नेछ । जसप्रित बुमराहलाई फास्ट बलिङको जिम्मा दिइएको छ भने स्पिनरका रुपमा अक्षर पटेल, कुलदीप यादव र युजवेन्द्र चहललाई छनोट गरिएको छ । भारतबाहेक इंग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि आ–आफ्नो टोली घोषणा गरेका छन् । टी–२० विश्वकप २०२४ मा भारत र पाकिस्तानबीचको हाई भोल्टेज खेल जुन ९ मा न्यूयोर्कमा हुनेछ । यस पटक आईसीसी टी–२० विश्वकप २०२४ मा २० टिमले भाग लिइरहेका छन् ।

टी–२० विश्व कप २०२४, भारतीय टोली
रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्व जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज । रिजर्वः शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।

टी–२० विश्वकप २०२४, इंग्ल्याण्ड टोली
जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रीस टोपले, मार्क वुड ।

टी–२० विश्वकप २०२४, न्यूजिल्याण्ड टोली
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चैपम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सैन्टनर, इश सोधी, टिम साउथी। यात्रा रिजर्वः बेन सियर्स ।

टी–२० विश्वकप २०२४, दक्षिण अफ्रिका टोली
एडेन मार्कराम (कप्तान), ओटनेल बार्टम्यान, गेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, ट्रिबाइज शम्सी २–२ विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा, कोनवे फर्किए, विलियम्सनले कप्तानी गर्ने छन्।