अन्तराष्ट्रिय

पाकिस्तानको ग्वादरमा आतंकवादी हमलामा : सात मजदुरको मृत्यु एक जना घाइते

इस्लामाबाद । मिडिया रिपोर्टका अनुसार आतंकवादीहरूले ग्वादरको साराबन्दमा रहेको फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । आतंककारीले अन्धाधुन्ध गोली चलाएको थिए । जसका कारण सुतिरहेका सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पाकिस्तानमा आतंकवादी घटनामा वृद्धि भएको छ । सेन्टर फर रिसर्च एण्ड सेक्युरिटी स्टडिजले हालै सार्वजनिक गरेको वार्षिक सुरक्षा प्रतिवेदन सार्वजनिक भएको छ । यस रिपोर्टका अनुसार २०२३ मा पाकिस्तानमा ७८९ आतंकवादी हमला भएको थिए । यी आक्रमणहरूमा १,५२४ जनाको मृत्यु भएको थियो भने १,४६३ जना घाइते भएका थिए । यो पछिल्लो ६ वर्षको उच्च रेकर्ड हो ।

यसअघि मार्च १० मा पाकिस्तानको बलुचिस्तानको ग्वादर बन्दरगाहमा आतंकवादी हमलाको खबर बाहिर आएको थियो । आठ सशस्त्र आतंककारी ग्वादर पोर्टको अथोरिटी कम्प्लेक्समा जबरजस्ती प्रवेश गरेको बताइएको छ । त्यसपछि उनीहरुले घटनास्थलमा गोली हानाहान र बम विष्फोट गरेका थिए ।

मक्रन डिभिजनका कमिश्नर सईद अहमद उमरानीले आक्रमण प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले गराएको बताए । आक्रमणमा कुनै पनि स्थानीय हताहतको खबर छैन । करिब आठ हतियारधारी व्यक्ति ग्वादर बन्दरगाहमा जबरजस्ती प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यस कम्प्लेक्समा पाकिस्तानको निर्वाचन आयोग सहित धेरै सरकारी कार्यालयहरू छन् । पहिले गोली र त्यसपछि बम विष्फोटको आवाज सुनिएको प्रहरीले जनाएको छ । त्यसपछि सुरक्षाकर्मीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेका छन् ।

एक पाकिस्तानी अखबारले यस कारबाहीमा बलुचिस्तान लिबरेशन आर्मीका आठ आक्रमणकारी मारिएको दाबी गरेको थियो । यसैबीच ग्वादरका वरिष्ठ प्रहरी उपरीक्षक जोहाइब मोहसिनले जवाफी कारबाहीमा सात आक्रमणकारी मारिएको र त्यसपछि गोलीबारी रोकिएको सञ्चारमाध्यमलाई बताएका थिए ।