अन्तराष्ट्रिय

ब्राजिलमा वर्षा र बाढीका कारण ठूलो विनाश, १०० भन्दा बढीको मृत्यु, हजारौं बेपत्ता

रियो ग्रेनेड डो सुल । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो एक सातादेखि परेको भारी वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण हालसम्म एक सय जनाको मृत्यु भइसकेको छ । योसँगै १४ लाख मानिस प्रभावित भएका छन् । दुई लाख भन्दा पनि बढी मानिसहरुले घरबार छाड्नुपरेको छ । बाढी र वर्षाका कारण ९९ हजार ८०० घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको ब्राजिलको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

रियो ग्रानाडा डो सुलमा २९ अप्रिलदेखि भारी वर्षा भइरहेको छ । राज्यका ४ सय १४ सहर बाढी संकटमा फसेका छन् । झण्डै हजारौं मानिस बेपत्ता छन् । बाढी प्रभावित सहरमा फसेका मानिसहरूसँग पिउने पानीसमेत छैन । साथै धेरै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले त्यहाँका बासिन्दाहरूको आवश्यकता पूरा गर्न स्रोतको अभाव नहुने वाचा गरेका छन् । लगभग १५,००० सैनिकहरू, अग्निनियन्त्रकहरू, पुलिस र स्वयंसेवकहरूले राज्यभरि फसेका मानिसहरूलाई उद्धार र सहायता प्रदान गर्न काम गरिरहेका छन् ।