८ जेठ २०८१ ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो । नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको हो ।
कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको सरोकारवाला पक्षहरूले बताएका छन । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताउनु भयो । त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राज्यले लोकतन्त्रको उपहास भएको बताएका छन् ।
Add Comment