विचार/अन्तर्वार्ता

राज्यबाट जनताका अपेक्षा

-डा. कृष्ण कुमार तामाङ, (अ.प्रा) प्रहरी अतिरिक्त महानिरीक्षक सप्रबल,
निर्वाचित जनप्रतिनिधि राज्य अवयवका अह्म जिम्मेवारी बहन गर्न तथा जनताका भावना साकार तुल्याउन शीर्षस्थ पदाधिकारीहरु प्रति देशका प्रत्येक नेपालीको केही सामान्य तथा कतिपय विशेष खाले अपेक्षा रहेका छन् । जन आकाङ्क्षाहरु सबै मह वाकाङ्क्षी हुदैंनन् । यद्यपि नेपाली परिवेशमा नेताहरुका रवैया आडम्बर र विलासिता केन्द्रित देखिने गरेका छन् । पूर्व राष्ट्रपति डा।रामवरण यादव, उपराष्ट्रपति परमानन्द झादेखि वर्तमान महामहिम विद्यादेबी भण्डारी लगायत केही नेपाली हस्तिहरुका नाम इतिहासले कसरी हेर्ने हो उनैका निजी एवम् राजनीतिक क्रियाकलापहरु निर्णायक हुनेछन् । विपि कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई,
मनमोहन अधिकारी जस्ता लोकप्रिय नामहरुले नेपाली मनमस्तिष्कमा सम्मानजनक उचाइ प्राप्त गर्नुमा देश र जनता प्रतिको निस्वार्थ जिम्मेवारी तथा समर्पण प्रमुख हुन् । गणतन्त्र नेपालको पूर्व राज्य व्यवस्थाका राष्ट्राध्यक्ष ज्ञानेन्द्र शाह र तिनका अग्रजहरु साथै हालका बिना श्रीपेचका नव राजाहरुको हविगत र औकात नेपाली जनताले देखि सके । परिवर्तित परिवेशमा नौला जनवाद, त्रान्ति र समग्र विकासको अवधारणले मूर्त रुप लिन अझ कति समय लाग्ला रु माओ, लेनिन, माकर््स र विपिका सिद्घान्त कति प्रतिशत लागु भए रु आजका राजनीति गर्नेहरु कुनै समय प्रजातान्त्रिक त कहिले वामपन्थी सर्वहारा धारमा वा अन्यथा बग्ने रमाइलो मेलामा एकथरी पिङबाट अर्को खेलमा सरे जसरी स्वनामधन्य हुनेहरुको लामो फेहरिस्त बन्न सक्दछ । व्यक्ति गौण हुन्छ राज्य सर्वोपरी । व्यक्तिको स्थायित्व सरकारसंग आधारित हुनाले सरकारको प्रत्याभुति जनता यस प्रकार अपेक्षा गर्दछ ।

भ्रष्टाचार नियन्त्रण : ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा सन् २०१७ सार्वजनिक सूचना मार्फत भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान १२२औं दर्शाउनुले हाम्रा शासन पद्घति, राज्यको अर्थनीति, प्रचलित कानुन, दण्ड विधान, सुरक्षा प्रणाली, विकासको गति, कर्मचारीतन्त्र र सुशासनको स्थिति जगजाहेर भएको छ । भ्रष्टाचार निवारण र नियन्त्रणका लागि सुशासनका सूत्रहरु अनिवार्य गरिनु पर्दछ । पारदर्शिता, जवाफदेहिता, सहभागिता, समानता र अपनत्व महसुस गर्ने गराउने आधारभूत बुँदाहरु प्रयोगात्मक बनाइनु पर्दछ ।
विकासलाई प्राथमिकता : उद्योग, व्यापार, पर्यटन र सडक यातायात विस्तार विकासका परिचायक हन् । शान्तिको वातावरणमा मात्र विकास फस्टाउन सक्दछ । देश विकास र शान्तिसुरक्षा एक आपसका परिपूरक हुन् । तसर्थ देशको सुरक्षा नीति, विदेश नीति, अन्तर्राष्ट्रिय मान्यता अनुरुप तर्जुमा गरिनु पर्दछ । सेनाको सक्रिय सहभागितामूलक परिचालनद्वारा राष्ट्रको समष्टिगत दु्रत विकास सम्भव हुन्छ । श्रोतसाधन, अर्थ र अधिकार सहितको कार्यादेश सेनाको सहज पहुँच भित्र बनाइनु पर्दछ । सुरक्षाफौजको व्यापक सुधार गरिनु वाञ्छनीय रहेको छ ।
सुशासनमा जोड : अदालत, अस्पताल, विश्वविद्यालय, आयोग, नियोग यत्रतत्र राजनीति प्रविष्ट गरिनाले सर्वत्र अस्तव्यस्त हुने गरेको छ । विगतमा नेपाल राष्ट्र बैंकको आर्थिक प्रशासन डामाडोल हुँदा विदेशी विज्ञहरुको सहयोग लिए जस्तै नेपाल र नेपालीको सरोकार हुने उपरोक्त विषयहरुमा फेरी त्यसतो नौबत आउन नदिन समयमै सचेतता अपनाउनु पर्दछ । विसं २०६९मा राजनितिक दलहरुको आपसी लुछाचुँडीका कारण राज्य संचालन निम्ति कर्मचारीतन्त्रको शरणागत हुदैं मन्त्रिपरिषद अध्यक्ष नियुक्ति गरिने सम्भाव्यताको पुनरावृत्ति कदाचित हुन दिन हुदैंन । नेपालको अन्तर्राष्ट्रिय सिमानामा अतिक्रमण, आपराधिक गतिविधि, राजस्व छली र तस्करी नियन्त्रणमा राज्यको हस्तक्षेप तथा सुरक्षा फौजको संचालन एवम् व्यवस्थापन अझ सशक्त परिमार्जित गरिनु पर्दछ ।
स्वावलम्बनमा विशेषता : कृषि, शिक्षा, स्वास्थ्य, आर्थिक मौद्रिक नीतिका आयामहरुमा नौलो विशेषतायुक्त प्रविधि भित्राउने देश विकासका श्रृजनात्मक सोंच हुनु जरुरी छ । माध्यमिक विद्यालयको दश वर्षे अध्ययनले व्यक्तिको जीविका उपार्जनमा कसरी उपयोगी बन्न सक्दछ रु सामान्य तरिकाले अक्षरको पहिचान र जोडघटाउको हिसाब मात्रले साक्षरता वृद्घि देखाउन बाहेक त्यसता शिक्षा व्यवसायिक एवम् स्वरोजगार मैत्री बनाइनु पर्दछ । उर्जावान युवा पुस्ता वैदेशिक रोजगारीको नाममा बहिर्गमन हुन वाध्य छन् । दैनिक पन्ध्र सयको हाराहारीमा नेपाली युवाहरु विदेशिने र बन्द बाकसमा मृतक पाँच जना नेपाल भित्रिने दयनीय अवस्था विद्यमान छ । आउँदा दिनहरुमा जटिलता झन उग्र हुदै जाने निश्चितप्राय छ । मन्त्रालय भागबण्डामा दलिय हानाथाप र व्यक्ति लक्षित विवादास्पद हिलो छ्यापाछापका लघुकथाहरु सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् । अतएव, प्रदेशदेखि केन्द्रसम्मका बागडोर सम्हाल्न जनादेश प्राप्त नेपाल र नेपालीको भाग्य विधाताको गहन अभिभारा निभाउन रहर, लहड र चुनौतीका पञ्चवर्षीय पर्वतमाला छिचोल्न संघीय नेपालको सरकारलाई सफलता मिलोस शुभकामना ।https://www.facebook.com/KrishnaKumar.Tamang