स्पोर्ट-मनोरञ्जन

विश्वकप टी–२०— बंगलादेशमाथि दक्षिण अफ्रिकाको लगातार चौथो जित : केशव महाराज बने विजयका नायक

न्यूयोर्क, जेष्ठ २९ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि लगातार चौथो जित हात पारेको छ । टोलीले बंगलादेशलाई ४ रनले पराजित गरेको थियो । यो अफ्रिकाको टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशमाथिको लगातार ९औं जित हो ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । जवाफमा बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र जोड्न सकेको थियो । केशव महाराज विजयका नायक थिए । उनले अन्तिम ओभरमा ११ रनको सफलतापुर्वक रक्षा गरे, यति मात्र होइन महाराजले यो ओभरमा २ विकेट पनि लिए । उनले कुल ३ विकेट लिए ।