विचार-अन्तर्वार्ता

नाइरोबी फ्लाई किरा कति घातक-डा. केदार कार्की

नेपालमा अहिले नयाँ खालको संक्रमण देखिन थालेको छ । एसिडले पोलेको जस्तो पोल्ने,दाग देखिने,जनै खटिराको जस्तो फोका आउने,रातो दागसहितको एलर्जी जस्तो हुने समस्या धेरै जिल्लामा देखिएको छ । यो नाइरोबी फ्लाई किराको संक्रमणबाट हुने गर्दछ।यो किरा अफ्रिकी मुलुक हुदै नेपाल प्रवेश गरेको जानकार बताउँछन्। । तराईका विभिन्न जिल्लामा नाइरोबी फ्लाई किराको संक्रमण देखिएको छ । भारतीय सीमासँग जोडिएका स्थानमा यो किराको संक्रमण बढी देखिएको छ । नाइरोबी फ्लाईको संक्रमणले एसिडले पोलेको जस्तो दाग देखिने, पोल्ने, दुख्ने,खटिराको जस्तो फोका आउनेलगायतका लक्षण देखिएका छन्। ।

नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु ९किरा० हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन‚ तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्रायागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिने चिकित्सकहरु बताउँछन अहिले यो किराको संक्रमण इलाम, झापा, काठमाडौं, धनगढी लगायतका जिल्लामा देखिएको छ ।
सन १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने । उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन । चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ ९एसिड० छोड्छ जसले छालालाई जलाउँछ । ‘यो किराले टोक्दैन । यदि केही गरि हाम्रो छालामा किरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ,’ ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन । एक वा दुई हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुन सक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ ।’ एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।

उक्त किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखा पर्छन । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन । यो किराको शरीरमा हुने एक किसिमको रसायनले मानिसमा फैलँदा यस्तो समस्या आउने गर्दछ । किराको टोकाइमात्र नभइ शरीरका कुनै भागमा प्रवेश गरेको किरा माड्दा ‘पेड्रिन’ भन्ने टक्सिनले यस्तो लक्ष्यण देखाउने भनाइ छ छाला रोग विशेषज्ञ को ।

यो किरा झरीको समयमा देखापर्छ । रातको समयमा पनि बत्तिको उज्यालो खोज्दै आएर मानिसको शरीरमा बस्छ । यस्तो समस्या हरेक वर्ष वर्खाको समयमा देखिने गरेको चिकित्सकहरूले बताएका छन् । नाइरोबी फ्लाई किराको संक्रमणबाट ठूलो जोखिम नहुने भएपनि जोगिन विशेष सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकको छ । घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला–ठूला फोका आउँछन । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्टाउन गाह्रो हुन्छ ।,’ ‘यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनुपर्दैन ।’

कस्ता हुन सक्छन लक्षण?
– जनै खटिराजस्तो फोका आउने ।
– ठूलो खालको पानी फोका आउने ।
– पीप फोका आउने ।
– छाला रातो हुने ।
– पोल्ने ।
– रातो दाबर तथा बिमिरा आउने ।
– रातो धर्सेखालको एलर्र्जी हुने ।

चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ । नाइरोबी फ्लाईकै कारण हो भनेर एकिन गर्न बायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको कारण क्लिनिकल डाइग्नोस्टिकल नाइरोबी फ्लाईकै कारण पुष्टि गर्न सकिन्छ ।

यो किरा देखिएमा हातले नछुने र छोए साबुन पानीले हात सफा गर्नुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस भनेर ध्यान दिनु पर्छ ।’ किराको संक्रमणको लक्षण देखिएर बढी पोले वा बढी चिलाए चिकित्सकको सल्लाह लिनुपर्छ । यसबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने, झूल लगाएर सुत्ने, बत्तीले किरा झुमिने भएकाले सुत्दा बत्ती निभाउने, घाउ भए फोहोर हुन नदिने, पोलेमा चिसो आइसले सेक्ने गर्नुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस्स भनेर ध्यान दिनु पर्छ ।’ यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने छ ।

कसरी सावधानी अपनाउने ?
– फूल बाहुले लुगा लगाउने ।
– झूल लगाएर सुत्ने ।
– सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।
– फोहोरमैला हुन नदिने ।
– पोलेमा चिसो आइसले सेक्ने ।
– धेरै नै दुस्ख दिएमा नजिकको स्वास्थ्यसंस्थासँग सम्पर्क गर्ने आदि ।