विविध

लायन्स क्लबहरुद्वारा धुलिखेलमा अध्यनरत ४५ जना बाल बालिकालाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण

धुलिखेल, साउन २२ । बर्ष २०२४–२०२५ का लायन्स क्लब इनटरनेशनल मल्टिपल डिस्ट्रीक ३२५ का लियो चियर पर्सन पीडिजी लायन मधुकर उपाध्यायको प्रमुख आतिथ्यमा लायन्स क्लब इनटरनेशनल डिस्ट्रीक ३२५ एफका मेन्टल हेल्थ चियर पर्सन लायन गुरु केदार बरालको सक्रियता र जोन चियर पर्सन लायन दिनेश कार्कीको समायोजनमा लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटर फल, काठमाडौ हाइट र हलेसी मार्टद्वारा संयुक्तरुपमा एक कार्यक्रम बीच मीरा सेन्टर शंखु, धुलिखेलमा अध्यनरत ४५ जना बाल बालिकालाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण गरियो ।

विद्यार्थीहरुलाई दिउँसोको खाजा ब्यवस्थापनको लागि रु ११ हजार नगद सहयोग ब्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । मिरा फाउन्डेसनका बोर्ड अफ डाइरेक्टर श्री मुकुन्द अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै मीरा सेन्टरको स्थापना र यसको उद्देश्यको बारेमा स्पष्टयाउनु भएको थियो । प्रमुख अतिथि लायन मधुकर उपाध्यायले लायनको बारेमा प्रष्ट पार्दै जहाँ आवश्यकता त्यहाँ लायनको उपस्थिति रहने र मीरा सेन्टरलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे ।

मल्टिपल डिस्ट्रीक ३२५ एफका मेन्टल हेल्थ चियर पर्सन तथा मीरा फाउन्डेसनका बोर्ड सदस्य लायन गुरु केदार बरालले कार्यक्रम सन्चालन गर्दै लायन्स क्लबबाट मीरा सेन्टरमा रहेका साना बालाबालिकालाई सानो सहयोग गर्न पाउदा खुशी लागेको र आगामी दिनमा पनि थप सहयोगमा जुटि रहने बताए । कार्यक्रममा पोकली वाटरफलक प्रेसिडेन्ट सिताराम बानिया, काठमाडौ हाइटका प्रेसिडेन्ट डा. शिलु बर्मा र हलेसी मार्टका चार्टर प्रेसिडेन्ट दीपक कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै लायन दैबी प्रकोप, आपतबिपत तथा बिपन्न बर्गको सहयोगमा सधै अग्रसर रहने र यसरी सहयोग गर्न पाउँदा धेरै खुशी र आनन्द मिल्ने बताए । कार्यक्रममा लायन डा. पवन सुल्तानी , रेखा पराजुली, सन्ध्या दिवाकर लगायतको उपस्थिति रहेको थियो । मीरा सेन्टरको तर्फबाट लायन्स क्लबको सहयोग र भ्रमणको लागि धन्यवाद ज्ञापन गरेका थिए ।