समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन तत्काल घोषणा गर्न मोर्चाको माग

काठमाडौं, असार २४ । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अवरुद्ध गरेको विषयमा महासंघका पदाधिकारी र क्रियाशील पत्रकारहरुको साझा मोर्चासहित विभिन्न संगठनका अध्यक्षहरुबीच आज पत्रकार महासंघको लाइबे्ररी कक्ष्ममा बैठक बस्यो । बैठकले महासंघको निर्वाचन यथाशिर्घ सम्पन्न गर्ने गरी तत्काल निर्वाचन तालिका सार्वजनिक गर्न साउन २५ गतेदेखि निरन्तर दबाब सिर्जना गर्ने बैठकले निष्कर्ष निकालेएको छ ।

त्यसैगरी सदस्यता नामावली अविलम्ब सार्वजनिक गर्न र दुई दुई चोटी निर्वाचन तोकेर पनि सम्पन्न गर्न नसकेकोमा महासंघको नेतृत्वले सार्वजनिक क्षमायाचनासहित सामुहिक राजिनामा दिनुपर्ने क्रिशिल पत्रकारहरुको साझा मोर्चा, श्रमजीवी पत्रकार संघ, लोकतान्त्रिक छापा माध्यम सञ्जाल, स्वतन्त्र पत्रकार संगठन नेपाल, प्रेस नेपाल र राष्टिय दलित पत्रकार संघले आजको बैठकमा माग राखेको छ । साथै समयमै निर्वाचन गराउन असफल भएको महासंघ नेतृत्वले सामुहिक राजिनामा दिनुपर्ने र सर्वमान्य पूर्व अध्यक्षको नेतृत्वमा निर्वाचन समिति गठन गरी तत्काल निर्वाचन सम्पन्न गर्न गराउन बैठकले माग गरेको जारी विञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा महासंघको रक्षाका लागि सहयोग गर्न देशभरका पत्रकारहरुलाई आव्हान समेत गरिएको छ ।

त्यस्तै प्रेस काउन्सिल नेपालले पत्रिका बर्गीकरणमा गरेको मनपरीतन्त्र र भेदभावको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल बिनाशर्त पुर्नमूल्याकंन गरी अघि नबढे सशक्त दबाबमुलक कार्यक्रम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, सचिव गोविन्द चौलागाई र कोषाध्यक्ष कलेन्द्र सेजुवालको उपस्थिति थियो भने, मोर्चाको तर्फबाट संयोजक योगेन्द्र प्रताप शाही, संगठनहरुका अध्यक्षहरुमा श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसी, लोकतान्त्रिक छापा माध्यम सञ्चालका अध्यक्ष दामोदर दवाडी, स्वतन्त्र पत्रकार संगठन नेपालका अध्यक्ष एल.एस. लामा, महासंघ पूर्व उपसभापति उमिद बागचन, राष्टिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, प्रेस नेपालका अध्यक्ष विदुर ढुंगेल, प्रगतिशिल पत्रकार संघका श्याम पोखरेल, प्रेस मञ्चका कार्यवाहक अध्यक्ष मनोज यादव, मोर्चाका सह संयोजक प्रविण चौधरी, सचिव योगेश खपाङ्घी, पत्रकार महासंघ काठमाडौं अध्यक्ष सूर्य सुवेदीलगायतको उपस्थिति रहेको थियो ।