स्पोर्ट-मनोरञ्जन

डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामापहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

काठमाडौं, असोज १ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरुले भागलिँदै छन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुनलागेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिइन् ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबले लिएको छ । प्रतियोगिताको पहिलो दिन असोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन ५ गते प्रतियोगिता हुने डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिलकुमार बरालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदानगरिने चिफ पिआरओ लायन रामराजा थापाले बताए । खेलको संयोजन भने लायन्स क्लबअफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले गरिरहेका छन् ।

समाजसेवामा सक्रियलायन्स क्लबले युवा शशक्तिकरणमा जोड दिँदै मोटर स्पोर्टस्को प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट स्पोर्टस् को चिफ लायन शिव श्रेष्ठले जानकारी दिए ।