स्पोर्ट-मनोरञ्जन

नेपालमा चलचित्र क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना हुन तयारीमा

कठमाडौं, असोज २ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा दुई दिने दोश्रो राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना हुने भएको छ । २०८१ असोज ४ र ५ गते राष्ट्रिय समाचार समिति (रासस)को सभाहल भद्रकालीमा हुने यस कन्फरेन्समा आठ ओटा कार्यपत्र प्रस्तुती, दुईवटा प्यानल छलफल, एउटा किनोट स्पिच र अनुभव सेयरिङको कार्यक्रम तय गरिएको छ ।

नेपालमा चलचित्र क्षेत्रको समग्र विकासका लागि यस्ता खालका कन्फरेन्स र चलचित्र महोत्सवहरु एक महत्वपूर्ण माध्यम बन्न सक्छन् । चलचित्र क्षेत्र आमरुपमा सूचनाको स्रोत मात्र नभएर यसले हाम्रा संस्कृति, रीति रिवाज, मौलिक मुल्य मान्यता र हाम्रो पहिचानलाई नेपाली दर्शकहरुमा मात्र नभएर अन्र्तराष्ट्रिय क्षेत्रमा स्थापित गर्न समेत मद्दत गर्दछ । हाम्रो सन्दर्भमा चलचित्रलाई लिएर वौद्धिकतहमा अझै सशक्तढंगले प्राज्ञिक बहस, छलफल तथा अन्र्तक्रिया हुन सकिरहेको छैन । यस सन्दर्भमा वौद्धिक तह खासगरी अनुसन्धानकर्ता, पत्रकार, स्कलर, राजनीतिज्ञ, अभियान्ता, चलचित्रकर्मीहरुको बीचमा निरन्तर रुपमा प्राज्ञिक बहस हुनु जरुरी छ । कतिपय विदेशी देशहरुले आप्mनो देशको चलचित्र क्षेत्रलाई अन्र्तराष्ट्रिय जगतमा आप्mनो देशको संस्कृति र कलालाई पुर्र्याइरहेका छन् ।

यहि कुरालाई मनन् गरेर चलचित्र क्षेत्र कार्यरत विभिन्न सरकारी तथाअन्य संस्थाहरुको सहकार्यमा दुईदिने दोश्रो राष्ट्रिय चलचित्र कन्फरेन्स आयोजना गर्न लागिएको छ । यस कन्फरेन्समा निर्जला अधिकारीको Blending of both masculinity and femininity: Female Hero in Tshering Rhitar Sherpa’s”, एलिना छन्त्यालको Social perception of the women in Nari Pradhan Chalchitra, अनुप सुवेदीको “नेपाली फिल्ममा इरानी फिल्मको प्रभाव”, अरुणदेव जोशीको “विश्व सिनेमाको रुपान्तरण ःएसिया तथा अन्य देशका उदयीमान सिनेमाको गुणस्तर, एक विवेचना”, डा. सचिन घिमिरेको “Conceptual, Methodological, and pragmatic challenges to teach the research methodology  course at the film college; An autoethnographic reflection”, नवनिधि दाहालको “पाठ्यक्रम अवलोकनः त्रिविको विएइन फिल्म स्टडिज”, डब्बु क्षेत्रीको “नेपालमा चलचित्र पत्रकारिता विगत देखि वर्तमानसम्म” र मनोज पण्डितको “पटकथाको दार्शनिक आयाम” कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

यसका साथै “वैकल्पिक भाष्यको मुलप्रवाहीकरणः सामाजिक यथार्थ वादको कसीमा जातीय अन्तर्वस्तु” तथा “प्रस्तावित चलचित्र विधेयक २०८०” माथि दुई ओटा प्यानल छलफल हुनेछन् । कन्फरेन्सको उद्घाटन सत्रमा वरिष्ठ फिल्म निर्देशक दिपेन्द्र गौचनको “Films as a Mainstay of Cultural and Artistic Endeavor”  विषय ककिनोट स्पिच रहने छ भने पहिलो दिनेको अन्तिम सेसनमा चलचित्र निर्देशक तुलसी घिमिरेको “इतिहासतिर फर्केर हेर्दा” शिर्षकमा उनको अनुभव सुन्न सकिने छ ।

दुई दिनसम्म चल्ने कन्फरेन्समा नेपाली चलचित्र कर्मी, प्राज्ञिक, अध्येता, पत्रकार तथा अन्य गरी ५०० जना भन्दा बढीको सहमागिता रहनेछ । नेपाली चलचित्र क्षेत्रको गुणात्मक तथा प्राज्ञिक प्रगतीको लागि यस किसिमका प्राज्ञिक कन्फरेन्सहरुको अत्यन्त महत्वपूर्ण भूमिका रहनेछ । चलचित्र क्षेत्रका अध्येताहरु, चलचित्र कलाकार, प्राविधिक, निर्देशक तथा निर्माताहरु, समिक्षक तथा पत्रकारहरु, चलचित्र शिक्षण तथा नीति निर्माताहरु लगायत नेपाली चलचित्रसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको यस किसिमको प्राज्ञिक सम्मेलन आफैमा एउटा महत्वपूर्ण उत्वसको रुपमा स्थापित हुनेछ भन्ने कन्फरेन्सका संयोजक डा. सचिन घिमिरे बताएका छन् ।