समाचार

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut–off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा आयोको सूचना

काठमाडौं, असोज २। स्थानीय तहमा रिक्तजिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि संवत् २०८१ मंसिर १६ गते आइतबारका दिन उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावलीलाई अद्यावधिक प्रक्रियामा लगी अन्तिम मतदाता नामावली तयार गर्नका लागि आयोगबाट निर्णय भएको छ ।

मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८१/०५/३१ सम्म देशभरबाट सङ्कलित तथा २०८१/०८/१६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रकृयामा लगिने छ । अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण २०८१/०६/१८ गते आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ भने मिति २०८१/०६/१८ देखी २०८१/०६/३० गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरीदिने, कुनै मतदाताको नाम एकभन्दा बढीस्थानमा समावेश भएकोमा एकस्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्यागगरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ । यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली २०८१/०७/२६ गते प्रकाशित हुनेछ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरुको सहभागिता अपरिहार्य रहेकोले मिति २०८१/०६/१८ देखि २०८१/०६/३० गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने व्यहोरा सहित आयोगले विज्ञप्ति जारी गरेको छ ।