विचार-अन्तर्वार्ता

बाढी, पहिरो र डुबानको संकट-डॉ. केदार कार्की

शुक्रबार रातिदेखिको लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुवानको सकस बढेको छ । खोलामा जलसतह बढेको छ, राजमार्गहरुमा पहिरो गएको छ, तराईका समथर जमिन डुवानमा परेको छ । शहरी क्षेत्रका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ ।अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । बाढीका कारण तटीय क्षेत्र डुबानमा परेका छन् । विपद पोर्टलका अनुसार वर्षापछिको पहिरोका कारण ३६ वटा राजमार्ग अवरूद्ध छन् ।वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

पोहोर सालको जस्तै यस बर्ष पनि देशभर बाढी तथा पहिरोले वितन्डा मच्चाएको छ । ३–४ दीन यता लगातार परेको बर्षाका कारणले देशले अनगिन्ती धनजनको क्षती ब्यर्होन परेको छ । क्षतीको समग्र विवरण आइसकेको छैन । विवरणहरु आउने क्रममा छ । पानी पर्ने क्रम समेत रोकिएको छैन । जल तथा मौसम विज्ञान महाशाखाले अझै १–२ दिन पानी पर्ने क्रम नरोकिने बताइसकेको छ । यसरी देश पुरै पीडा र शोकमग्न अवस्थामा छ । सरकार विपद व्यवस्थापनमा व्यवस्थीत र पूर्व तयारीमा नहुँनाले पिडितहरुले दर्दनाक पिडा भोग्नु परेको छ ।

वेपत्ता भएकाहरुको खोजि प्रभावकारी हुन सकेको छैन । बाढीले घरबार विहिन भएकाहरुले प्रभावकारी रुपमा राहत पाउन सकिरेका छैनन् ।
खासगरी प्रदेश १, २ र ३ यस पटकको बाढी पहिरोबाट बढी प्रताडित भएको अवस्था छ । यस आलेख तयार गर्दासम्ममा बाढी तथा पहिरोका कारण ३० जनाको मृत्यु भइसकेको छ भने हजारौ घर डुबानमा परेका छन् । १८ जना भन्दा बढी मानिस बेपत्ता समेत भएका छन् । १३३ जनाको

सफल उद्धार भएको जानकारीमा आएको छ ।र, अनगिन्ती मानिसहरु घाइते समेत भएका छन् ।
चौविस घण्टाको अविरल पानीका कारण हामी बाढी पहिरोको संकटमा परेका छौंँ । शुक्रबार रातीबाट देशभर ठूलो वर्षा भएको छ । मनसुन सक्रिय भएसंँगै भएको वर्षाले प्राकृतिक विपद् निम्तिएको छ । लगातार वर्षाका कारण देशभर बाढी र पहिरोको सकस भएको छ । खोलामा जलसतह बढेका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्ष धेरै वर्षा हुने कुरा पहिले नै बताएको थियो ।

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । लामो खडेरीपछिको वर्षाका कारण मौसमी राहत मिलेको भए पनि त्यसले पु¥याएको क्षतिले विपदको संकेत गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुनी वायु देशभर फैलिएको छ ।

हरेक वर्ष वर्षाको समयमा हामीले ठूलो जनधनको क्षति व्यहोर्नु परिरहेको छ । तर पूर्व तयारीको पाटोलाई सधैँ नजरअन्दाज गर्ने गरेका छौंँ । त्यसले ठूलो क्षतिको सामना गर्नु परिरहेको छ । दुई दिनको लगातारको पानीले लुम्बिनी प्रदेशलगायत देशभर ठाउँ ठाउँमा बाढी, पहिरो, डुबान, कटान भएको छ । बाढी पहिरो गएर जनजीवन प्रभावित भएको छ । भारी वर्षातको पानीले नदी किनारमा बसेकाहरू, जोखिम युक्त स्थानमा बसोबास गरेकाहरू, डुबानहुने ठाउँमा बसोबास गर्नेहरुको बिचल्ली भएको छ भने पहाडमा पहिरो गएर जनधनको क्षति भएको छ ।

बाढी पहिरो र डुबानको चपेटामा हामी परिसकेका छौं । अब राहत र उद्दारतर्फ राज्यको ध्यान जानु जरुरी छ । बाढी पहिरो र डुबानमा परेकाहरुलाई तत्काल उद्दार गरी सुरक्षित स्थानमा राख्ने प्रबन्ध गर्दै जोखिममा रहेकाहरुलाई स्थानान्तरणको प्रबन्ध गर्न ढिला गर्नु हँुदैन । प्राकृतिक विपदबाट प्रभावित एवं पीडितहरूको सुरक्षा गर्ने प्रमुख दायित्व हाम्रा सरकार तथा दैविप्रकोपसँंग सम्बन्धित सङ्घ संस्थाहरुको हो । केन्द्रीय विपद् व्यवस्थापन कोष, प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष, प्रदेश विपद् व्यवस्थापन कोष, जिल्ला स्तरीय विपद् व्यवस्थापन कोष जस्ता विपद् व्यवस्थापनका लागि भनेर खोलिएका सरकारी संस्थाहरू र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई राहत र उद्धारमा जिम्मेवार भएर खटिने समय आएको छ । विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनस्थापनाको लागि ढिलाई गर्नु हुँदैन । विपदको बेला तत्काल राहत र उद्धारमा लाग्नु पर्छ ।

पछिल्ला वर्षहरुमा प्राकृतिक विपत्तिको अवस्था बढेको अनुमान गर्न सकिन्छ । त्यसमा हामीहरु नै दोषी देखिन्छौंँ । प्रकृतिमाथि भैरहेको मानवीय अतिक्रमणले प्राकृतिक विपत्तिलाई बढावा दिएको कुरा कसैले नकार्न सक्दैन । हाम्रो अव्यस्थित विकासको तौर तरिकाका, शहरीकरण, मानिसको अनियन्त्रित र असुरक्षित बसोबास, नदीका प्राकृतिक बहाबलाई रोक्ने किसिमका भौतिक संरचना निर्माण, नदीको बहाब क्षेत्र अतिक्रमण, जमिनको अत्यधिक दोहन, रुख बोटविरुवाको कटानी, अनियन्त्रित तरिकाले पहाडहरू खन्ने कामले प्राकृतिक विपदलाई प्रश्रय दिएका छौं ।

प्राकृतिक विपदलाई मलजल गर्ने काम आज हाम्रा गतिविधिले गरेका छन् । हामी सबैलाई थाहा छ, नेपालको भौगोलिक संरचनाका कारण पहाडमा बाढी र पहिरो तराईमा बाढी, डुबान हुने गर्दछ । हरेक वर्ष बाढी, पहिरो, डुवान जस्ता विपद् देशव्यापी व्यहोर्नु परेको छ । तर त्यसको रोकथाम र नियन्त्रणका लागि पहल गरिएको छैन । जब वर्षा सुरु हुन्छ अनि बाढी, पहिरो र डुबानको चर्चा सुरु हुन्छ । र, सम्भावित जोखिम र घटनाबारे परिचर्चा सुरु हुन्छ । त्यसपछिको समयमा खास प्रगति हुँदैन । सरकारी बेवास्ताको सिकारले पनि जोखिम न्यूनीकरणमा उल्लेख्य प्रगति नभएको हो । जस्तोः यसै वर्ष पनि बाढीका कारणले २३ जिल्लाका करिब १७ लाख र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुन सक्ने अनुमान छ । अर्थात्, करिब १८ लाख २० हजार बासिन्दा वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा छन् ।

बाढी तथा पहिरो प्राकृतिक विपत्ति हो । हाम्रो जस्तो भुपरिवेष्ठित मुलुकको लागि बाढी तथा पहिरो, भुकम्प आदी महा–समस्या नै हो । जति समुन्द्री मुलुकहरुको लागि समुन्द्री आँधी वा सुनामी आउँदा हुने गर्छ । खास गरेर नेपालमा भुकम्प लगायतका अन्य विपत्तिहरुले जे–जति क्षती पु¥याउँदै आएको छ त्यो भन्दा बढी नेपालीहरुलाई बाढी तथा पहिरोले क्षती दिँदै आएको छ । त्यो पनि लगातार रुपमा, बर्षायामा । यसरी नेपाल एउटा भौगोलिक रुपमा भुपरिवेष्ठित मुलुक भएको कारण दोहोरो–तेहोरो रुपमा प्राकृति विपत्ति सहनु परेको छ । यसमा कसैलाई पनि दोष दिने ठाउँ छदैँछैन । तर यस्तो प्रकारको विपत्तिपछी सरकारले जे जसरी सघन रुपमा उद्धार तथा सहयोग गर्नुपर्ने हो । त्यसमा नेपाल सरकारले पनि केही हदसम्म प्रयत्न त गरेको देखिन्छ । अहिले त प्रदेश सरकारहरु पनि छन् । उनीहरले पनि गर्न खोजेकै जस्तो पनि देखिन्छ ।

यस घडी सहयोगका साथ साथै सरकारले सम्भावित अरु जोखिम कम गर्न जनचेतना जागृत गर्न र सावधानी अपनाउन जरुरी छ । बाढीको पिडाबाट उन्मुक्त गराउन आवश्यक तरिकाहरु जनतालाई सुसुचित गराउन आवश्यक छ । त्यसैगरी विपदपछी आउन सक्ने सम्भावित महामारी र रोगब्याध प्रति अहिल्यै सोचेर पुर्वतयारी गर्न आवश्यक छ । मुख्य त जनतालाई यो वेला स्वच्छ पानी, खाना र उपचारको प्रबन्ध हुनुपर्छ ।
सरकारले हालको बाढीबाट पाठ समेत सिक्नु पर्छ । बर्षेनी दोहोरिन पनि सक्ने यस्तो प्रकारको विपदको दिर्घकालिन व्यवस्थापन तर्फ सरकारले ध्यान दिन आवश्यक छ । यदी त्यसो गर्न सकिएन भने आर्थिक रुपमा कंगाल हाम्रो मुलुक झनै गरिवमा दर्ज हुनसक्छ । त्यसकारण सरकारले बाढी तथा डुबानको अहिलेको प्रकोपबाट पाठ सिक्दै यसबाट भविष्यका दिनहरु हुनसक्ने जोखिम घटाउन र त्यसको व्यवस्थापन गर्न तर्फ महत्वपूर्ण कदम चाल्न ढिलो गर्न हुदैन । अन्यथा बर्षेनी यसरी आउने बाढी तथा डुबानको प्रकोपले तराइका आधा जनसङख्या घरबार बिहिन, रोग, भोक लगायतका अनेकन समस्याबाट निरन्तर प्रताडित भइरहन सक्छन् ।

त्यसैको परिणाम स्वरुवप आज प्राकृतिक विपदको सामना गर्नु परेको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न पछिल्लो असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारको चुस्त पहल होस, बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो, सबै सचेत बनौँ ।