समाचार

मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने : निर्वाचन आयोग

काठमाडौं, मंसिर १३ । वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ । उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था आयोगले मिलाइएको छ ।

तसर्थ उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइट जततउकः https:// result.election.gov.np/  मा नै अद्यावधिक गरिने व्यहोरा राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारीका लागि आयोगद्वारा विज्ञप्ति जारिगरि अनुरोध गरेको छ ।