स्पोर्ट-मनोरञ्जन

एनपीएल : सुदूरपश्चिमद्वारा विराटनगर ९० फराकिलो रनले पराजीत

काठमाडौं, मंसिर १८ । आज मंगलबारका दिन त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै कीर्तिमानी १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । विराटनगर प्रतियोगितामा तेहेरो अंकमा रन नबनाउने पहिलो क्लब बनेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ।

प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जितबाट महत्त्वपूर्ण दुई अंक जोडेको छ । सन्दीप लामिछाने मार्की र कप्तान रहेको विराटनगरको लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डका २८ वर्षीय ब्याटर मार्टिन जेम्स गुप्टिल एनपिएलको दोस्रो खेलमै गोल्डेन डकआउट (पहिलो बलमै) भए । न्युजिल्यान्डबाट सन् २०१५ आइसिसी एकदिवसीय विश्वकपमा वेष्ट इन्डिजविरुद्ध दोहोरो शतक बनाएको कीर्तिमान उनीसँग छ । यसअघि पहिलो खेलमा जनकपुरविरुद्ध उनले ५५ रन बनाएका थिए । उनलाई सुदूरपश्चिमका स्कट गुकुलेइनले तेस्रो बलमै गोल्डेन डकआउट गरेका हुन् । एनपिएल खेल्ने शिखर धवनपछिका दोस्रो ठुलो स्टार हुन् ।

गुप्टिल आउट भएपछि अरू खेलाडी पनि क्रिजमा टिक्न सकेनन् । अर्का ओपनिङ ब्याटर लोकेश बमपछि दुई रन बनाएर आउट भएपछि विराटनगर दबाबमा आयो । निकोलस किर्टन पाँच, राजेश पुलामी मगर, १५, बसिर अहमेद २४, इस्मत आलम, प्रतिश जिसी एक, कप्तान सन्दीप लामिछाने आठ, स्कट १० र क्रिस सोल नौ रनमा आउट भए । अनिल खरेल १० रनमा अविजित रहे । बलिङतर्फ स्कट र अभिनाश बोहराले समान सर्वाधिक तीन विकेट लिए । स्कटले चार ओभरमा ३० रन तथा अभिनाशले तीन ओभरमा १७ रन खर्चिए । ब्रान्डन म्याकमुलेन, सैफ जैव र इशान पाण्डेले समान एक विकेट हात पारे ।