काठमाडौं, मंसिर २५ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा काठमाडौं जिल्लाका पूर्व अध्यक्ष गोविन्द चौलागाईं क्रियाशील पत्रकारहरूको साझा मोर्चामा सामेल भएका छन् । चौलागाईंले यस मोर्चाबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
चौलागाईंको यस सहभागिताले साझा मोर्चाको प्रभाव र उपस्थितिलाई थप बलियो बनाएको छ । यस कदमले क्रियाशील पत्रकारहरूमा नयाँ जोश र सकारात्मक लहर ल्याएको बताइन्छ ।
पत्रकारहरूबीच पार्टी र संगठनको सिण्डिकेटको दबाबलाई तोड्दै स्वतन्त्र पत्रकारिताको पक्षमा यो मोर्चाले जनमत आकर्षित गर्न थालेको छ । चौलागाईंजस्तो अनुभवी पत्रकारको सामेलले मोर्चाको सन्देशलाई थप प्रष्ट र विश्वासिलो बनाएको छ ।
क्रियाशील पत्रकारहरूको साझा मोर्चा कुनै राजनीतिक एजेन्डाभन्दा बाहिर रहेर स्वतन्त्र पत्रकारिताको रक्षा र पत्रकारहरूको हकहित सुनिश्चित गर्न काम गरिरहेको दाबी गरिएको छ । यसले आगामी पत्रकार महासंघको निर्वाचनमा बलियो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Add Comment