काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरेका छ न् । बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गरेका थियो । नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालिन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो ।
‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुन् ।
Add Comment