काठमाडौं । एप्पलले आफ्नो नयाँ पुस्ताको प्रिमियम स्मार्टफोन iPhone 18 Pro र iPhone 18 Pro Max सार्वजनिक गरेको छ । यसपटक एप्पलले क्यामेरा, प्रोसेसर, ब्याट्री र आर्टिफिसियल इन्टेलिजेन्समा उल्लेख्य सुधार गरेको छ । कम्पनीले पहिलोपटक फोल्ड गर्न मिल्ने iPhone Duo समेत सार्वजनिक गरेको छ ।
नयाँ iPhone 18 Pro सिरिजमा एप्पलको नयाँ A20 Pro चिप प्रयोग गरिएको छ । नयाँ थर्मल म्यानेजमेन्ट प्रणालीका कारण लामो समयसम्म उच्च प्रदर्शन कायम राख्न सक्ने कम्पनीको दाबी छ । नयाँ भेपर चेम्बर प्रणालीले अघिल्लो पुस्ताको तुलनामा sustained performance मा उल्लेख्य सुधार ल्याएको एप्पलले जनाएको छ ।
क्यामेरामा ठूलो परिवर्तन
iPhone 18 Pro को मुख्य क्यामेरामा 48MP Fusion sensor सँगै पहिलोपटक variable aperture प्रविधि दिइएको छ । यसले प्रकाशको अवस्था र आवश्यकताअनुसार aperture परिवर्तन गर्न सक्नेछ ।
कम प्रकाशमा बढी प्रकाश प्रवेश गराउनदेखि portrait फोटोमा depth of field नियन्त्रण गर्नसम्म यसले सहयोग गर्नेछ । प्रयोगकर्ताले Camera app बाट aperture, shutter speed र white balance जस्ता सेटिङ आफैं नियन्त्रण गर्न सक्ने Pro Controls पनि थपिएको छ ।
भिडियोतर्फ पनि सुधार गरिएको छ । iPhone 18 Pro मा खिचिएको भिडियोमा पछि पनि cinematic effects लागू गर्न सकिने तथा Time-lapse मा 4K र Dolby Vision HDR भिडियो खिच्न सकिने एप्पलले जनाएको छ ।
AI मा नयाँ Siri
नयाँ iPhone 18 Pro मा iOS 27 उपलब्ध हुनेछ । यससँगै एप्पलले नयाँ पुस्ताको Siri AI ल्याएको छ ।
नयाँ Siri ले प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ बुझेर Messages, Emails र Photos जस्ता एपमा रहेको जानकारीका आधारमा काम गर्न सक्नेछ । त्यस्तै, स्क्रिनमा देखिएको सामग्री बुझेर आवश्यक काम गर्न तथा Camera मार्फत अगाडि देखिएको वस्तु वा दृश्यबारे जानकारी दिन सक्ने क्षमता पनि थपिएको छ ।
ब्याट्रीमा पनि सुधार
iPhone 18 Pro Max ले अहिलेसम्मकै लामो ब्याट्री प्रदर्शन दिने एप्पलको दाबी छ । eSIM-only मोडलमा ४५ घण्टासम्म भिडियो प्लेब्याक गर्न सकिने बताइएको छ ।
iPhone 18 Pro ले करिब १५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज लिन सक्ने तथा Pro Max मा पाँच मिनेट चार्ज गर्दा करिब सात घण्टासम्म भिडियो प्लेब्याक गर्न सकिने एप्पलले जनाएको छ ।
पहिलोपटक फोल्डेबल iPhone
यसपटकको एप्पल लन्चको अर्को ठूलो आकर्षण iPhone Duo हो । यो एप्पलको पहिलो foldable iPhone हो । खोल्दा ठूलो आन्तरिक डिस्प्ले र बाहिर छुट्टै डिस्प्ले प्रयोग गर्न सकिने यो फोनमा A20 Pro चिप, मल्टिटास्किङ र Apple Pencil को समर्थनजस्ता सुविधा दिइएको छ । यसको सुरुवाती अमेरिकी मूल्य १,९९९ डलर तोकिएको छ ।
कहिलेबाट पाइन्छ?
iPhone 18 Pro र iPhone 18 Pro Max को प्रि–अर्डर सेप्टेम्बर १२ बाट सुरु भएको छ भने बिक्रीका लागि सेप्टेम्बर १८ देखि उपलब्ध हुने एप्पलले जनाएको छ । iPhone 18 Pro को सुरुवाती मूल्य १,१९९ डलर र Pro Max को १,२९९ डलर रहेको छ ।
यसपटक एप्पलले नियमित ढाँचाभन्दा फरक गर्दै साधारण iPhone 18 भने सेप्टेम्बरको कार्यक्रममा सार्वजनिक गरेन । यसको बजार प्रवेश २०२७ मा हुन सक्ने रिपोर्टहरू आएका छन् ।








Add Comment