स्पोर्ट-मनोरञ्जन

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

ललितपुर । असार–१,ललितपुर–नेपाल सितेरियो कराँते महासँघ ठेचो डोजोले ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । एसियन प्यासिफिक सितेरियो कराँते महासँघका अध्यक्ष दावा गुरुङ्गको अध्यक्षतामा दिक्षान्त कार्यक्रम सम्पन्न भएको हो । उक्त दिक्षान्त कार्यक्रममा ललितपुर जिल्लाका ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजो सहित ७ वटा डोजोको सहभागिता रहेको थियो । ठैब डोजाका अध्यक्ष राजकुमार श्रेष्ठको कोच तथा कमाण्डमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ७ वटा डोजोबाट ४१ जना खेलाडी ब्ल्याक बेल्टद्वारा दिक्षीत भएका छन् ।

कार्यक्रममा बोल्दै महासँघका अध्यक्ष दावा गुरुङ्गले खेलाडी राज्यको गहना भएको कुरा उल्लेख गर्दै उनले नेपालका राजनीतिकर्मिहरुले अनुशासनको पाठ खेलाडीबाट सिक्नु पर्ने उल्लेख गरे। साथै कार्यक्रममा बोल्दै नेपाल कराँते महासँघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारयण कुवर राणाले मानवको शारिरिक, बौद्वीक तथा अनुशासनमा खेलकुदको निकै महत्वपुर्ण भुमिका रहेको कुरा उल्लेख गरे । उनले राज्यले खेल क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा खेल क्षेत्रमा रहेका खेलाडीको भबिश्य अन्यौल ग्रस्त हुने गरेको कुरा बताए । उनले राजनीतिक नेतृत्वमा खेलाडीको उपस्थिती भएमा खेलकुदको क्षेत्र बिकाशमा ठुलो परिबर्तन आउन सक्ने कुरा बताए ।

नेपाल सितेरियो कराँते डो सँघ ठैब डोजो कमिटि अध्यक्ष तथा रेन्बो क्लब नेपाल फर दि ब्लाइन्डका सँस्थापक सदस्य तथा समाजसेवी श्री राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसियन प्यासिफिक सितेरियो कराँते महासँघका अध्यक्ष दावा गुरुङ्ग, बिशेष अतिथि नेपाल कराते महासँघका पुर्व प्रमुख प्रशिक्षक तथा नेपाल सितेरियो कराँते डो सँघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, टौखेल डोजो अध्यक्ष प्रकाश प्रधान, अतिथिमा नेपाल कराँते महासँघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारयण कुवर राणा, ठैब डोजाका प्रमुख प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी बिजयमान् श्रेष्ठ रहेका थिए । कार्यक्रममा ललितपुर जिल्लास्थित ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजोका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।