Home » Sample Page » नेपाल–चीन सीमामा आएको बाढीले ९ जनाको मृत्यु, २० जना अझै बेपत्ता
समाचार

नेपाल–चीन सीमामा आएको बाढीले ९ जनाको मृत्यु, २० जना अझै बेपत्ता

काठमाडौं । नेपालको रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले बगाएका नौ जनाको शव फेला परेको छ । धादिङ र चितवन जिल्लामा ती शवहरू धेरै तल फेला परेको र २० जना अझै बेपत्ता छन् । जसमध्ये ३ जना सुरक्षाकर्मी र ६ जना चिनियाँ नागरिक रहेका छन् । दुई देशलाई जोड्ने चीन–नेपाल मैत्री पुल पनि बाढीले बगाएको छ । नदीमा आएको बाढीले २३ वटा कार्गो कन्टेनर, छ वटा ट्रक र ३५ वटा विद्युतीय सवारी साधन बगाएको छ ।

बाढीले रसुवाका चार जलविद्युत परियोजनाहरूमा क्षति पु¥याएको छ जसले गर्दा राष्ट्रिय विद्युत ग्रिडमा कम्तीमा २११ मेगावाट बिजुलीको आपूर्ति प्रभावित भएको छ । सोमबार राति चीनमा भएको अविरल मनसुनी वर्षाका कारण मंगलबार बिहान ३ः१५ बजे नेपालको भोटेकोशी नदीमा अचानक बाढी आएको छ ।