काठमाडौं । नेपालमा धर्मनिरपेक्षको आडमा धर्म परिवर्तन भइरहेको कुरा बेलाबखत सुनिन्छ । तर, धर्म परिवर्तन मात्र नभई नेपालमा दंगा फैलाई अशान्ति मच्चाउने षड्यन्त्रहरु पनि भइरहेका छन् । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं. १८, ग्राम वरपुर बलुआमा अप्रिल २५, २६ र २७ सम्म मुस्लिम समुदायको एउटा इस्तेमा हुन गइरहेको छ ।
यसमा नेपाल र भारतबाहेक पाकिस्तान तथा नेपालका मानिसहरु सहभागी हुनेछन् । इस्तेमाको नेपाली अर्थ भेला हुनु हो । तथापि इस्तेमा एउटा अरबी भाषाको शब्द हो । अप्रिल २५, २६ तथा २७ मा इस्तेमा, “तब्लिकी” इस्तेमा हो । तब्लिकी शब्द पनि अरबी शब्द हो जसको नेपाली अर्थ प्रचार प्रसार हो । विगत ४–५ वर्षदेखि नेपालको मधेश प्रदेशमा साम्प्रदायिक दंगाबाट तनाव र अशान्त भइरहेको छ । पछिल्लो चुनावको समयमा पनि बारा तथा पर्सा जिल्ला साम्प्रदायिक दंगाको चपेटामा नै थियो, जसको सिधा अर्थ थियो कि चुनाव हुन नदिने । प्रत्येक वर्ष बंगलादेश तथा पाकिस्तानबाट कमसेकम ५–७ तब्लिगी जमात नेपालमा आउँछन् र कम्तीमा दुई महिनासम्म यहाँ बस्छन् । प्रत्येक जमातमा ७–९ जनासम्म रहन्छन् । उनीहरु मस्जिद वा मदरसाहरुमा बास बस्छन् । जमातभित्र सेना तथा जासुस एजेन्सीका मानिसहरु हुन्छन् । भ्रमणपश्चात उनी रिपोर्टिङ्ग गर्छन् कि नेपालमा कुन–कुन ठाउँमा इस्लाम फैलाउने सम्भावना छ ।
नेपालमा सन् १९८५ जनवरी २६ मा आई.एस.एन. इस्लामी संघ नेपालको स्थापना भएको थियो । यसको संस्थापक अब्दुल वहीद मुजफ्फरावाद कश्मीर (पाकिस्तान) को वासिन्दा थिए । त्यो समयमा नेपालमा ७ सदस्यीय कमिटी बनेको थियो, जसको संस्थापक अध्यक्ष निजामुद्दिन खान थिए । प्रत्येक तीन वर्षमा कमिटी परिवर्तन भइरहन्छ । हालै ३० मार्च २०२६ मा यसको नयाँ अध्यक्ष डा.शमीमलाई चयन गरिएको छ, उनी सिरहा जिल्लाका हुन् । वास्तवमा आई.एस.एन. पाकिस्तानी जासुस संगठन आई.एस.आई.को एउटा भ्रातृ संगठन हो ।
इस्लामी संघ नेपालको विभिन्न मोर्चाहरुमा काम गर्नका लागि ८ देखि १० वटा विंग हो, जसमध्ये एक विंगको नाम शोबये दावत हो । यो विंग धर्म परिवर्तन गराउनका लागि काम गरिरहेको छ, जसको अध्यक्ष अब्दुला गुरुङ हुन् । बंगलादेशी तथा पाकिस्तानी जमात नेपालमा मात्र यही उद्देश्यले आउँछन् कि कसरी इस्लामको बढीभन्दा बढी नेपालमा फैलाउने तथा जातीय दंगा फैलाएर नेपाललाई अशान्त बनाइरहने ।
नेपालमा हुने इस्तेमा तथा भ्रमणमा आउने तब्लिगी जमातको औचित्यको विषयमा जहिले पनि सोधिँदा उनीहरु बताउँछन् कि अल्लाहको पैगाम तथा अमन–चैन कसरी कायम गर्ने, सो विषयमा चर्चा गर्न नेपाल आउँछौं । यो सुनेर आश्चर्य हुन्छ कि नेपाल त सधैं अमनचैनसँग रहँदै आएको छ । अमन चैनको सबभन्दा बढी आश्यकता त त्यो मुलुकमा छ जहाँ निर्दोष हिन्दूहरुलाई जिउँदै जलाइन्छ । उसको छोरी, चेलीलाई बलात्कार गरिन्छ ।
जुमाको नमाजको समय मस्जिदमा मनव बमबाट विस्फोट गराई नमाज गर्नेहरुको हत्या गरिन्छ। सैनिक स्कूलको होस्टलमा राति सुतिरहेका बच्चाहरुलाई बम हानेर हत्या गरिन्छ । तर, नेपालमा त यस्तो केही पनि हुँदैन, अनियो तब्लिगी जमात अमनचैनको सन्देश आफ्नै देशमा किन दिँदैनन् । पछिल्लो साता बंगलादेशबाट बाराको इस्तिमामा सहभागी हुन् ८ सदस्यीय जमात आएका छन् । पाकिस्तान तथा इण्डियाबाट पनि मौलानाशादको नेतृत्वमा आउन लागेको छ । समयमै प्रशासन यसमा ध्यान दिएन भने निकट भविष्यमै नेपाल पनि बंगलादेश तथा पाकिस्तान जस्तै अशान्त मुलुक बन्छ ।








Add Comment