बर्दिया नेपालको उत्कृष्ट प्राकृतिक पर्यटन क्षेत्रमध्ये एक हो । बर्दियाको राष्ट्रिय निकुञ्ज नेपालकै ठूला राष्ट्रिय निकुञ्जमध्ये एक हो । बाघ, हात्ती, गैँडा, घडियाल हेर्न चाहनेका लागि बर्दिया राष्ट्रिय निकुञ्ज एक सर्वश्रेष्ठ गणतव्य हुन सक्छ । त्यस्तै कर्णाली नदी, राफ्टिङ, डल्फिन हेर्ने, प्राकृतिक सौन्दर्यमा बबई, राजापुर, शान्ति बजार र सनकट्टी कर्णलिमा सिधा टिकापुर जोड्ने पुल शान्त र प्राकृतिक क्षेत्र, ट्रेकिङ तथा इको–टुरिज्मका साथै थारू गाउँ होमस्टे, स्थानीय संस्कृति अनुभव लिन सकिन्छ । समग्रमा भन्नु पर्दा बर्दियामा वन्यजन्तु पर्यटनका साथै सांस्कृतिक पर्यटन दुबैमा अत्यधिक सम्भावना बोकेको क्षेत्र मध्य एक हो ।

बर्दिया जिल्लाको भौगोलिक क्षेत्र भनेको तराई सीमाना हो । ‘पूर्वतिर बाँके, पश्चिमतिर कैलाली, उत्तरतिर सुर्खेत र दक्षिणतर्फ भारत (उत्तर प्रदेश) । क्षेत्रफल र भौगोलिक अवस्थाको विषयमा हेर्ने हो भने कुल क्षेत्रफल २,०२५ वर्ग किलोमिटर, उँचाइ १५२ मिटर देखि १,४९४ मिटर, प्रमुख नदीहरूमा कर्णाली, बबई र गेरुवा । मुख्यतया बर्दिया समथर तराई भू–भाग, वन क्षेत्र र नदी प्रणालीले भरिएको जिल्ला हो ।
तथ्याड्ढकनका हिसाबमा हेर्ने हो भने जनसंख्या र सामाजिक संरचनामा कुल जनसंख्या (२०२१)का आधारमा लगभग ४,६०,००० र जनघनत्व २२७ व्यक्ति प्रति वर्ग कि.मि.रहेको देखिन्छ । जातीय संरचनामा (मुख्य) थारू ५३ प्रतिशत (सबैभन्दा ठूलो समुदाय) र पहाडी समुदाय बाहुन, क्षेत्री २० देखि २५ प्रतिशतमा रहेको देखिन्छ । बाहुन, क्षेत्री मध्य क्षेत्री ११.३ प्रतिशत र बाहुः ८.७ प्रतिशतमा रहेका छन् । अन्य बाँकीमा दलित, मगर, मुस्लिम, यादव आदिको जनसंख्या न्यूनतममा छ । भाषा बोलिनेमा थारू ५२ प्रतिशत, नेपाली ३५ प्रतिशत र आन्सिक रुपमा अवधी, उर्दु आदि भाषा पनि चलन चल्तिमा रहेको छ ।
धर्ममा हिन्दू ९४ प्रतिशत, मुस्लिम २.६ प्रतिशत र क्रिश्चियन २.२ प्रतिशत रहेका छन् । साथै सांस्कृतिक विशेषताहरुमा थारू समुदायको विशेष प्रभुत्व रहेको छ । मुख्य पर्वहरुमा माघी थारू नयाँ वर्ष, दशैं, तिहार र परम्परागत नाच, पोशाक र खानपान प्रसिद्ध छ । बर्दिया “थारू संस्कृति” को महत्वपूर्ण केन्द्र हो ।
मुख्य पेशा भनेको कृषि, प्रमुख बाली धान, गहुँ, मकै, वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स पनि महत्वपूर्ण रहेको छ । साथैै बर्दियाको कुल साक्षरता दर लगभग ७६ देखि ७७ प्रतिशत रहेको छ भने केही स्थानीय तहमा बर्दियामा ७९ प्रतिशत साक्षरता र गुलरियामा ७० प्रतिशत साक्षरता रहेको तथ्यले देखाउ छ । प्रत्येक नगरपालिकामा दर्जनौं विद्यालय सरकारी र निजी गरि बारबर्दियामा ५६ विद्यालय र गुलरिया ६० विद्यालयहरु रहेका छन् ।
त्यस्तै स्वास्थ्य क्षेत्रको अवस्थामा संरचनाको विषयमा जिल्ला अस्पताल (बर्दिया अस्पताल), स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरू र स्थानीय तहमार्फत सेवा विस्तार भईरहेको छन् भने सेवाका कार्यक्रमहरुमा खोप, मातृ स्वास्थ्य, परिवार नियोजन कार्यक्रम सक्रिय र किशोर स्वास्थ्य सेवा केन्द्र स्थापना नयाँ पहल देखिन्छ तर गम्भीर समस्या भनेको डाक्टर र जनशक्ति अभाव, ICU, HDU जस्ता सुविधा बने पनि सञ्चालनमा समस्या र उन्नत उपचारका लागि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने बाध्यता पनि त्यतिकै देखिन्छ । आधारभूत सेवा उपलब्ध छ, तर गुणस्तरीय र विशेषज्ञ सेवा कमजोर छ ।

कर्णलिको यस बर्दिया जिल्लामा राजनीतिक अवस्था र संरचनातिर संघीय प्रणाली अनुसार २ नगरपालिका जस्तै गुलरिया, राजापुर र ६ नगरपालिका÷गाउँपालिका रहेका छन् । स्थानीय सरकारतर्फ कुरा गर्ने हो भने शिक्षा, स्वास्थ्य, कृषि सेवा विस्तार, नागरिक सेवामा सुधार जस्तै जन्मदर्ता, सामाजिक सुरक्षा आदि कार्य सहज रुपमा उपलब्ध गराएको छ । तर, दलगत राजनीतिक दलहरु कांग्रेस, एमाले, माओवादी लगायत दलहरुले गर्दा प्रतिस्पर्धा, विकास योजनामा ढिलाइ, भ्रष्टाचार र कार्यान्वयन कमजोरी । ग्रामीण क्षेत्रमा सेवा पहुँच असमान मुख्य चुनौतिहरु पनि विद्ययमान रहेको देखिन्छ ।
अन्तः राजनीतिक प्रवृत्तिमा हेर्ने हो भने तराई क्षेत्रमा जस्तै जातीय थारू खस पहाडीको प्रभाव रहेको देखिनुका साथै स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा पछिल्लो समयमा विकासमुखी राजनीति प्रति जनचासो बढ्दो समेत देखिएको छ । तर, क्षेत्रको अवस्था भने राजनीति सक्रिय छ, तर कार्यान्वयन र पारदर्शिता चुनौतीपूर्ण छ ।

शिक्षा सुधारोन्मुख गुणस्तर कमजोर, स्वास्थ्य आधारभूत राम्रो तर विशेषज्ञ सेवाको अभाव, राजनीति सक्रिय र कार्यान्वयन कमजोर । संभावनाले भरिएको तर पूर्ण विकास नभएको जिल्ला हो । शिक्षाको पहुँच बढ्यो तर गुणस्तर सुधार आवश्यक, स्वास्थ्य सेवा पुगेको छ, तर दक्ष जनशक्तिको कमी र राजनीति संरचना राम्रो तर कार्यान्वयन कमजोर ।- नोट : तथ्याड्ढ सन २०२१ का आधारमा हो अहिले २०२६ मातथ्याड्ढ फरक हुन सक्छ । (सिटिपोष्ट दैनिकमा प्रकाशित २ जेष्ठ २०८३)





Add Comment