काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएका छन्।
केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको देउवानिकट स्रोतले जनाएको छ। उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
देउवा हाल हङकङमा रहँदै आएका छन्। उनी २०८२ चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि २०८२ फागुन १३ गते उनी सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका थिए।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।








Add Comment