मोरङ, साउन १ — मोरङको केराबारी गाउँपालिका–५, शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
प्रहरीका अनुसार केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपरका चालक, सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे जिल्ला प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








Add Comment